ताप्लेजुङमा एक घर जलेर नष्ट, लाखौंको क्षति

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  अग्नि पीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्रकला सो घरमा कोठभाडामा बसेका थिए । उनीहरूको पनि केही सरसामान निकाल्न नसकेको बताइएको छ । 

सम्बन्धित सामग्री

रौतहटमा आगलागीबाट १९ घर जलेर नष्ट

वीरगञ्ज – रौतहटमा एकैदिन छुट्टाछुटै स्थानमा भएको आगलागीबाट १९ घर जलेर नष्ट भएका छन् भने एक करोडभन्दा बढीको क्षति भएको छ। आइतबार एकैदिन जिल्लाको इशनाथ नगरपालिका, परोहा नगरपालिका र माधवनारायण नगरपालिकाका विभिन्न स्थानमा भएको आगलागीबाट १९ वटा घर जलेर नष्ट भएका हुन्। आगलागी एक करोड १६ लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको रौतहट प्रहरीले […]

रौतहटमा आगलागी हुँदा २१ घर जलेर नष्ट

रौतहट । रौतहट मा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन् । माधवनारायण नगरपालिका–४ मानपुरको बिसुनपुर्वा गाउँमा आइतबार भएको भीषण आगलागीमा २१ घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । प्रहरीका अुनसार आगलागीमा मानवीय क्षति नभए पनि पशु र खाद्यान्न लगायत लत्ताकपडा, नगद र गरगहना जलेर क्षति भएकाे छ । आगलागी […]

धनकुटाकाे सिँधुवा बजारमा आगाे लागेर दुई घर जलेर नष्ट, चार घरमा क्षति

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् भने चार घरमा क्षति पुगेको छ ।

ताप्लेजुङमा तीन घर जलेर नष्ट

ताप्लेजुङ– ताप्लेजुङको मेरिङदेन गाँउपालिका-१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए।  भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले […]

ताप्लेजुङमा तीन घर जलेर नष्ट

ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए ।भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले बताए । तीन वटा घर नजिक नजिक रहेकाले एकै समयमा जलेर नष्ट भएको जनाइएको छ । घटनाको स्थलगत अनुसन्धानका लागि सान्थाक्रा प्रहरीचौकीबाट प्रहरीको टोली खट

ताप्लेजुङमा आगलागीबाट एक घर जलेर नष्ट

काठमाण्डाै - ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा आगलागी हुँदा भीष्मराज खुदाङको घर जलेर नष्ट भएको छ । हिजो दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिनुभयो । प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

हुम्लाको चंखेलीमा आगलागी, तीन घर जलेर नष्ट

काठमाडौँ । हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छन् । चंखेली गाउँपालिका-४ को पिप्लाङ्ग गाउँमा गएराती दुई बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका हुन् । आगलागीबाट कम्तिमा पचास लाखको क्षति भएको प्रारम्भिक अनुमान आएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । ‘राति दुई बजे आगलागी हुँदा तीन घर जलेर […]

आगलागीमा तीन घर जलेर नष्ट

नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ ।स्थानीयवासी र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईँले जानकारी दि

मध्यरातमा आगलागी, २५ घर जलेर नष्ट, लाखौंको क्षति

सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट हुनुका साथै लाखौं बराबरको क्षति भएको छ। टेंग्रीटोलका भोला  मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको २५ घर जलेर नष्ट भएको हो ।आगलागीबाट दिनेश यादवको चार वटा घर, श्याम यादवको एक घर, डम्बर यादवको चार घर, भोला यादवको दुई वटा घर, फुलदेव यादवको दुई घर, महेश यादवको एक घर, मनोज यादवको दुई घर, सत्यनारायण यादव र अमरेन्द्र यादवको एकसहित २५  वटा घर जलेर नष्ट भएको छ।स्थानीय चनरी देवी यादवले छोर

आगलागीमा एक घर जलेर नष्ट

फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो । घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।  एक्लै बस्दै आएका लिम्बूको आगलागीबाट रु  ८० हजार, रु ३० हजार बराबरको अन्नपात र  लत्ताकपडालगायत सामान र करीब रु एक लाख ५० हजार बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नगरपालिकाको दमकलको सहायतामा स्थानीयवा