काठमाण्डाै - ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा आगलागी हुँदा भीष्मराज खुदाङको घर जलेर नष्ट भएको छ ।
हिजो दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिनुभयो । प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।
आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताउनुभयो ।