काठमाडौं । काठमाडौं उपत्यकामा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरू बिहानको समयमा मात्रै खोल्न दिनेबारे छलफल भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बिहान र बेलुका दुबै समय खाद्यान्न र डिपार्टमेन्ट स्टोरहरु खोल्न दिँदा बढी भिडभाड भएको र कोरोना संक्रमण थप फैलनसक्ने विश्लेषणका साथ एक समय मात्रै खोल्न दिनेबारे छलफल भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजको बैठकमा यसबारे छलफल भएको र तीनै जिल्लाका सीडीओ एक समय मात्रै खोल्न दिनुपर्ने निष्क