प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले तर्क-कुतर्कका चाङ लगाएर स्वतन्त्र न्यायपालिकाको न्यायाधीकारमाथि चुनौती खडा गर्ने काम भएको आरोप लगाएका छन् ।
आदिवासी जनजाति महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले चुनाव हुने कुरामा आशंका नभएकोसमेत बताए ।
‘तर्क-कुतर्कको चाङ लगाए, होहल्ला गरेर । यदी निर्वाचन हुने फैसला हुन्छ भने हामी के-के न गछौँ भनेर स्वतन्त्र न्यायपालिकाको, स्वतन्त्र न्यायाधीकार माथि चुनौती खडा गरेका छन् । विभिन्न क्रियाकलाप र हर्कत भइरहेका छन्,’ ओलीले भ...