भक्तपुर । भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मङ्गलवार दिउँसो १ बजे भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि बस र स्कुटी दुर्घटना हुँदा युवतीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृत्यु हुनेमा रामेछाप घर भई काठमाडौँको जडीबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङ रहेकी छिन् […]