माघ १६ गते मोरङका दुई स्थानमा बर्डफ्लू (कुखुरा र पक्षीहरूमा लाग्ने भाइरस) देखियो । पशुसेवा विभागका अनुसार मोरङको खुनियाकट्टा र बुढीगंगामा बर्डफ्लू देखिएको पुष्टि भएको थियो । त्यसको एक महिनापछि काठमाडौँ उपत्यकाको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू देखियो । एक महिना अवधिमै तीन जिल्लामा बर्डफ्लू पुष्टि भएको विभागले जानकारी दिएको छ । विभागका अनुसार त्यस क्षेत्रमा पालिएका कुखुराको नमुना सङ्कलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो । विभागका प्रवक्ता ड