गृहमन्त्रालयको छानबिन टोली भारतीय बाटो हुँदै दार्चुलाको गस्कु प्रस्थान

दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोली भारतीय बाटो हुँदै दार्चुलाको गस्कु प्रस्थान गरेको छ।

सम्बन्धित सामग्री

तुइन प्रकरण : एसएसबीसँगै मालघाट गएको छानबिन टोली फर्कियो

धनगढी :  महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न बिहीबार घटनास्थल गएको टोली फर्किएको छ।भारतीय बाटो हुँदै गस्कु–मालघाट गएको छानबिन समितिको टोली बिहीबारै जिल्ला सदरमुकाम खलंगा फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्। गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोलीले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति बुझेर फर्किएको सहायक प्रजिअ जोशीले बताइन्। समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयले भारतीय प्रहरी थ

गृहको छानबिन टोलीले भारतीय सीमा सुरक्षा बलसँग पनि जानकारी लिने

दार्चुला। जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन टोली भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ।मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो। समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबासीले भारतीय प्रहरी चौकीमा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ।

स्याउ प्रकरणमा छानबिन समितिले बुझायो प्रतिवेदन

विराटनगर । कोभिड–१९ को कारण नेपाल–भारत सीमानाका सिल भएको अवस्थामा नेपाली नम्बर प्लेटका तीनओटा मिनी ट्रकमा १३ सय ५० कार्टुन स्याउ भारत पु¥याइएको प्रकरणमा नेपाल प्रहरीको संलग्नताबारे छानबिन समितिले ११ दिनपछि प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा निलम्बन गरिएका दुई प्रहरी निर्दाेष रहेको र चार जना दोषी देखिएकाले कारबाहीको सिफारिश गरिएको छ । भारतीय प्रहरीले जेठ ३० गते नेपाली नम्बरका तीनओटा गाडीबाट १३ सय ५० कार्टुन चिनियाँ स्याउ बरामद गरेपछि सीमामा तैनाथ सुरक्षाकर्मी उपर अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेको थियो । स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित नेपाल  प्रहरीको टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए । घटनालगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले तत्कालीन संघीय प्रहरी इकाइ कार्यालयका एसएसपी चौधरीको नेतृत्वमा पाँचसदस्यीय छानबिन टोली गठन गरेको थियो । छानबिनपछि टोलीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । दुवैतर्फ नाका सिल भएको अवस्थामा स्याउ बोकेका नेपाली नम्बर प्लेटका गाडी सजिलै भारतीय भूमिसम्म पु¥याइएपछि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको संलग्नताबारे प्रश्न उठेको थियो । आफूहरूको ११ दिने अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान गरी स्याउ तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीका लागि सिफारिश गरिएको अनुसन्धान अधिकृत एसएसपी चौधरीले बताए । उनका अनुसार जेठ २९ गते राति १२ र १ बजेको बीचमा हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट चिनियाँ स्याउ बोकेका ट्रक भारतसम्म पु¥याइएको थियो । घटनापछि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गंगा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरीलाई निलम्बन गरेको थियो । अनुसन्धानको क्रममा सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई थापा र कोशी कटानका असई चौधरी निर्दोष देखिएका छन् भने अस्थायी प्रहरी चौकी श्रीपुरका असई  कार्की र हवल्दार वीरेन्द्र यादव अनुसन्धानको क्रममा दोषी देखिएको एसएसपी चौधरीले जानकारी दिए । साथै अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान गरी चारजना प्रहरी अनुसन्धानका क्रममा दोषी देखिएकाले उनीहरूलाई कारबाहीका लागि सिफारिश गरिएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह वाहिनी मुख्यालय पकली सुनसरीले समेत एसएसपी प्रकाश थापाको नेतृत्वमा तीनसदस्यीय छानबिन टोली गठन गरेकोमा उक्त टोलीले समेत अनुसन्धान प्रतिवेदन बुझाएको छ । छानबिन समितिले प्रतिवेदन बुझाएको र आवश्यक छानबिन भइरहेको सशस्त्र प्रहरी बल वराह वाहिनी पकलीका डीआईजी वंशीराज दाहालले जानकारी दिए । प्रतिवेदनका आधारमा दोषी देखिएका सशस्त्र प्रहरीलाई कारबाही हुने उनले बताए ।