काठमाडौँ। विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यबस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति बरिष्ठ कलाकार रामचन्द्र अधिकारी बनेका छन्। उनले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको ४६ हजार ६०० पौष १३ गते बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदान गरेका हुन्।