काठमाडौं महानगर प्रमुखमा बालेन साह जित उन्मुख हुँदा पुर्ख्यौली गाउँमा खुसीयाली

 काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजनसहित गाउँलेहरु निकै हौसिएका छन् । मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ बालेन्द्र साहको पुर्ख्यौली थलो हो । अहिले बालेनको पुर्ख्यौली थलोमा उनका आफन्तजनसहित छरछिमेकीहरु काठमाडौं महानगर प्रमुखमा बालेनले फराकिलो अग्रता बनाइरहँदा खुसी छन् ।बालेनको पुर्ख्यौली घरमा अहिले एकडारा गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । उनीहरु गाउँमा आउँदा आफन्तको घरमा बस्ने गर्दछन् ।

सम्बन्धित सामग्री

शिक्षामा बालेन शैली

सडक विस्तारका साथै गैरकानुनी तवरले बनाइएका संरचना भत्काउँदै हिंडेको काठमाडौं महानगर पालिकाका मेयर बालेन साह शिक्षामा प्रवेश गरेका छन् । काठमाडांै महानगर भने पनि हुन्थ्यो बालेन साह नै किन ? तर, महानगरले आजसम्म नगरेका, गर्न नसकेका सानाठुला सबै काम मेयर साहकै निर्देशन, नेतृत्व र पहलमा हुने गरेका छन् । अवैध संरचना हटाउन प्रयोगमा आउने डोजरलाई […] The post शिक्षामा बालेन शैली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शहरमा बालेनको डोजर

काठमाडौं । डोजर पछिपछि अघिअघि थिए, कालो चस्मावाला मेयर बालेन साह । उनको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो । यो दृश्य काठमाडौं महानगर कार्यालय केही दूरीमा रहेको सुन्धारास्थित काठमाडौं मल अगाडिको हो । मलअगाडि नक्साविपरीत निर्माण भएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले गत ८ भदौमा डोजर चलायो, जतिबेला महानगरपालिका प्रमुख साह स्वयं ‘ […] The post शहरमा बालेनको डोजर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भृकुटीमण्डपस्थित ह्वील चेयर गोदाममा लागेको आगो निभाउने प्रयास जारी (फोटोफिचर)

काठमाडौं, २९ असार । काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ । बुधबार अपरान्ह लागेको आगो अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाउने प्रयास गरिरहेका छन् । सुरक्षाकर्मी, स्थानीय तहका दमकल आगो निभाउन प्रयोग गरिएको छ । काठमाडौं महानगर मेयर बालेन साह आगलागीस्थल पुगेका छन् । आगलागीको […]

भृकुटीमण्डपको आगलागी नियन्त्रणको प्रयास जारी, बालेन पनि पुगे (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ। बुधबार अपरान्ह लागेको आगो अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाउने प्रयास गरिरहेका छन्। सुरक्षाकर्मी, स्थानीय तहका दमकल आगो निभाउन प्रयोग गरिएको छ। काठमाडौं महानगर मेयर बालेन साह आगलागीस्थल पुगेका छन्। आगलागीको कारण खुलिसकेको छैन।

काठमाडौं महानगर : बालेन–सुनिताको शपथ (तस्वीरहरु )

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर उपमेयर बालेन साह र सुनिता डंगोलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शपथग्रहण समारोहमा दौरा, सुरुवाल, कालो टोपी र कालो चस्मामा ठाँटिएर पुगेका बालेनसँगै उनकी पत्नी सबिना काफ्ले पनि सहभागी थिइन्।राष्ट्रिय सभागृहमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरे। त्यसपछि खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको शपथग्रहण गराए। साहले पहिला नेपालीमा शपथ लिए। त्यसपछि नेपाल (नेवार

काठमाडौं महानगर : बालेन झन् झन् अग्रता बढाउँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाको १ लाखभन्दा बढी मत गणना भइसकेको छ । जसमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साह ४१ हजार ५ सय २२ मत ल्याएर अग्रस्थानमा  छन् । दोस्रोमा रहेकी कांग्रेसकी सिर्जना सिंहले २४ हजार १ सय १८ मत ल्याएकी छिन् भने तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २३ हजार २ सय ४६ मत ल्याएका छ...

काठमाडौं महानगर : बालेन झन् झन् अग्रता बढाउँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाको १ लाखभन्दा बढी मत गणना भइसकेको छ । जसमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साह ४१ हजार ५ सय २२ मत ल्याएर अग्रस्थानमा  छन् । दोस्रोमा रहेकी कांग्रेसकी सिर्जना सिंहले २४ हजार १ सय १८ मत ल्याएकी छिन् भने तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २३ हजार २ सय ४६ मत ल्याएका छ...

काठमाडौँ महानगर : सिंहभन्दा १७६९१ र स्थापितभन्दा १८२५५ मतले बालेन साह अगाडि

काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन साहले हालसम्मको मतगणना अनुसार ४१ हजार २७९ मत प्राप्त गरेका छन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशब स्थापितलाई करिब १८...

काठमाडौं महानगर प्रमुखमा ९ हजार ४९९ मतसहित साहकाे अग्रता

काठमाडौं महानगर प्रमुखमा ९ हजार ४९९ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै हुनुहुन्छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित पाँच हजार १९६ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह ४ हजार ५४० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।