शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताउनुभयो । उहाँले यसअघि शेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकद्वारा अठोट नामका तीन कर्जा योजना सार्वजनिक

एनआईसी एशिया बैंकले अठोट नामका तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको हो ।

माैद्रिक नीति : शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर गरेको छ । आज शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम शेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताउनुभयो । उहाँले यसअघि शेयर धितो राखी एउटा संस्थाबाट चार करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताउनुभयो । मौद्रिक नीतिले श...

राष्ट्र बैंकद्वारा शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर

मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। शेयर धितो कर्जामा एउटा बैंकबाट ४ करोडमात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ। अब समग्रमा १२ करोडको सीमामात्र लागू हुने भएको छ।...

शेयर धितो कर्जा साढे ६ अर्बले घट्दा साना लगानीकर्तामा जाने ऋण १७ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको मौद्रिक नीतिले कडाइ गरेपछि शेयर धितो कर्जा ६ महिनामा नै साढे ६ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार असार मसान्तको तुलनामा शेयर धितो कर्जा ६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँले घटेको छ । असार मसान्तसम्ममा बैैंक तथा वित्तीय संस्थाहरूले शेयर धितोमा गरेको ऋण लगानी १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ थियो । मार्जिन प्रकृतिको यस्तो ऋण पुस मसान्तमा आइपुग्दा ६.२ प्रतिशतले घटेर ९९ अर्ब ७० करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकको नीतिअनुसार शे...

राष्ट्र बैंकको कडाइले शेयर धितो कर्जा घट्यो

काठमाडौं, माघ ७ । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरालो लागेपछि बैंकहरूको कर्जा प्रवाह घट्न थालेको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट शेयर धितो कर्जामा पहिलोपटक प्रतिग्राहक […]

राष्ट्र बैंकले कडाइ गरेपछि शेयर धितो कर्जा घट्यो

बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरालो लागेपछि बैंकहरूको कर्जा प्रवाह घट्न थालेको हो ।राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव)को मौद्रिक नीतिबाट शेयर धितो कर्जामा पहिलोपटक प्रतिग्राहक ऋणमा सीमा निर्धारण गरेको थियो । यसैगरी दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीहरूको मूल्य घटेको छ । यस कारण बैंकहरूले शेयर धितो कर्जा घटाउँदै लगेक

शर्तसहित शेयर धितो कर्जा १२ करोडभन्दा माथि पनि लिन पाइन्छ : राष्ट्र बैंक

भदौ २२, काठमाडौं । नेपाल राष्ट्र बैंकले शर्तसहित शेयर धितो कर्जा १२ करोड रुपैयाँभन्दा माथि पनि लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार उद्यमी व्यवसायीले उद्योग व्यवसायका लागि अन्य धितोसँगै शेयरसमेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइने व्यवस्था गरिएको बताएको हो ।             बैंक तथा वित्तीय संस्थाले व्यावसायिक प्रयोजनका लागि प्रवाह भएको कर्जाका लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोका रूपमा शेयर धितो राख्न सक्ने केन्द्रीय बैंकको भनाइ छ । राष्ट्र बैंकले बारम्बार सोधिने प्रश्नहरू शीर्षक राखेर सो बारेमा स्पष्ट पार्न खोजेको छ ।             अन्य संस्थाको शेयर खरीद गर्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनका लागि शेयर धितो राखी कर्जा प्रवाह हुन सक्नेछ । त्यसमा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाका रूपमा रहेको एउटा इजाजतप्राप्त संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र सबै इजाजत प्राप्त संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू नहुने केन्द्रीय बैंकको भनाइ छ ।             शेयर लगानीकर्ता समूहले मार्जिन प्रकृतिको कर्जामा राष्ट्र बैंकले सीमा तोकेको भन्दै गुनासो गर्दै आएका छन् । राष्ट्र बैंकले भने मार्जिन प्रकृतिको कर्जामा केही समस्या देखिएको भन्दै सीमा तोकेको जनाउँदै आएको छ ।             यही विषयमा अस्पष्टता हुँदा पछिल्ला केही दिनदेखि शेयर बजारसमेत प्रभावित हुँदै आएको थियो । आइतवार उच्च अङ्कले नेप्सेमा गिरावट आएको थियो । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर  महाप्रसाद अधिकारीलाई फोन गरेर बजारमा देखिएको समस्याका बारेमा चासो राखेका थिए। रासस

सर्तसहित थप शेयर धितो कर्जा लिन पाइने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सर्तसहित शेयर धितो कर्जा १२ करोड रुपैयाँ भन्दा माथि पनि लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले सोमबार साँझ जारी गरेको सूचना अनुसार उद्यमी व्यवसायीले उद्योग व्यवसायका लागि अन्य धितोसँगै शेयरसमेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइने व्यवस्था गरिएको जनाएको हो । बैंक तथा वित्तीय संस्थाले […]

शेयर धितो कर्जा सीमाले शेयरबजारमा धक्का : लगानीकर्ता

वीरगञ्ज (अस) । शेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले तोकेको सीमाले शेयरबजार नराम्ररी प्रभावित हुने चेतावनी लगानीकर्ताले दिएका छन् । वित्तीय संस्थाबाट शेयर धितो राखेर लिइने ऋणमा राष्ट्र बैंकले १२ करोड रुपैयाँको सीमा निर्धारण गरेपछि त्यसको प्रत्यक्ष प्रभाव शेयरबजारमा देखिइसकेको उनीहरूले बताए । राष्ट्र बैंकको नीतिमा शेयरबजार धराशयी बनाउने बदनियत देखिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का क्यापिटल मार्केट समिति संयोजक नवनीत अग्रवालको आरोप छ । ‘शुरूमा एक व्यक्तिका लागि १२ करोडको सीमा तोकियो । पछि एक परिवारले १२ करोडभन्दा बढी कर्जा लिन नपाउने भनियो, अग्रवालले आर्थिक अभियानसित भने, ‘त्यो पनि एउटा बैंकबाट ४ करोडभन्दा बढी लिन मिल्दैन ।’ राष्ट्र बैंकले शेयरबजारप्रति पूर्वाग्रही सोच राखेर नीति ल्याएको बुझाइ संयोजक अग्रवालको छ । शेयर कर्जामा सीमा तोकिएलगत्तै बजार घट्दोक्रममा गएको र यो भर्खरै गति लिन थालेको बजारका लागि दुःखद् भएको वीरगञ्ज उद्योग वाणिज्य संघ क्यापिटल तथा शेयर मार्केट समितिका संयोजक मुर्ली जलानले बताए । राष्ट्र बैंकले बजारलाई कस्ने नीति ल्याएयता शेयर बजार १० प्रतिशतले घटिसकेको संयोजक जलानले बताए । ‘३३ सय अंकमा पुगिसकेको बजार ३ हजारभन्दा तल झरिसकेको छ । मौद्रिक नीतिले साना लगानीकर्तालाई प्रोत्साहनको बहानामा बजारलाई नै अस्तव्यस्त बनाउने काम गर्‍यो,’ उनले भने । राष्ट्र बैंकले मौद्रिक नीतिमा एक व्यक्ति वा फर्मले शेयर धितोमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने उल्लेख गरेको थियो । यसमा परिवारका सदस्यमा ऋण दायित्व बाँड्न सकिने अपेक्षा लगानीकर्ताको थियो । एकीकृत निर्देशनमार्पmत राष्ट्र बैंकले यसलाई एउटै परिवार, कम्पनी वा संस्थाको सीमामा समेटेपछि लगानीकर्ता समस्यामा परेको संयोजक जलान बताउँछन् । राष्ट्र बैंकले तोकेभन्दा बढी कर्जा लिएका ऋणीलाई १ वर्षभित्र सीमाभित्र आउन भनिएको छ । वित्तीय संस्थाहरूले लगानीकर्तालाई ताकेता बढाउन थालिसकेको लगानीकर्ता बताउँछन् । यो व्यवस्थाले लगानीकर्तालाई थप दबाब पर्ने र त्यसको प्रत्यक्ष असर पनि शेयरबजारमै देखिने दाबी जलानको छ । करीब कुल गार्हस्थ्य उत्पादनसरहको आकारमा पुगिसकेको शेयरबजारलाई प्रभाव पार्ने नीति लिँदा राष्ट्र बैंकको नेतृत्व संवेदनशील हुनुपर्ने आग्रह वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको छ । ठूला लगानीकर्तामा देखिएको असंगति समाधान गर्न लिइएको नीतिका कारण साना लगानीकर्ताले नोक्सानी बेहोर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष गुप्ताले राष्ट्र बैंकले यसको उचित समाधान निकाल्नुपर्ने माग पनि गरे । सीमित व्यक्तिले वित्तीय स्रोतको बढी प्रयोग गरेकाले सीमा तोक्नु परेको तर्क राष्ट्र बैंकको नेतृत्वले गर्दै आएको छ । तर, शेयर धितो कर्जामा रकमको सीमा तोकिनु नै गतल भएको दाबी प्रदेश संयोजक अग्रवालको छ । ‘नियन्त्रण गर्न चाहेको हो भने शेयर धितो मूल्यांकनको कर्जा सीमालाई ७० प्रतिशतबाट घटाएर कम पनि गर्न सकिन्थ्यो । १२ करोड रुपैयाँभन्दा बढीको करोबार नै गर्न पाइँदैन भन्नु सरासर गलत नीति हो,’ उनले भने ।