अमेरिकाको मिन्नियपोलिसमा काला जातिका पुरुष जर्ज फ्लोयडको घाँटीमा नौ मिनेटसम्म घुँडा राखेर मार्ने प्रहरी अधिकृत डेरेक चोभिनलाई ७५ वर्षको कारावास सजाय पाउने गरी दोषी ठहर गरिएको छ ।
उनीविरुद्ध तीनवटा अभियोग लागेकोमा तीनैवटामा दोषी ठहर गरिएको हो । काला जातिको अधिकारका लागि भइरहेको संघर्षमा यसलाई ठूलो जीतका रूपमा हेरिएको छ ।
चोभिनलाई सजाय दिनुअघि ज्युररहरूले दुई दिनसम्म १० घन्टाभन्दा बढी छलफल गरेका थिए ।
मिन्नियपोलिसको हेन्नेपिन काउन्टी कोर्टहाउसमा मास्क लगाएर उपस्थित भएका ...