उत्तर कोरियाको आणविक परीक्षण केन्द्र नजिक भूकम्पका झट्काहरू अनुभव गरिएको छ ।
किम जोङ उनले विगत केही समयदेखि लगातार आणविक परीक्षण गरिरहेकाले फेरि नयाँ परीक्षण गरेको हो कि भन्ने आशंका यसले जन्माएको छ ।
वैज्ञानिकहरूले गत शनिवारदेखि उत्तर कोरिया र वरपरको क्षेत्रमा लगातार भूकम्पीय गतिविधि र भौगर्भिक अस्थिरता देखिएको बताएका छन् ।
मंगलवार पनि त्यस्तो भूकम्प अनुभव भएको दक्षिण कोरियाको मौसम विभागले जनाएको छ ।
उत्तर कोरियाको पूर्वोत्तर क्षेत्रमा रहेको पुंग्ये–री आणविक परीक्षण स्थलबाट लगभग ३...