पर्वत : गत वैशाख ३१ गते पर्वतको कुश्मा नगरपालिका–१ पाङका ७७ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पोखरा पठाइयो। जसको नतिजा आउन १० दिन लाग्यो।स्वाब परीक्षण नतिजा लामो समयसम्म नआउँदा गाउँलेहरू चिन्तामा परे। रिपोर्ट नआएकै कारण स्वाब दिएकाहरू लामो समय आइसोलेसनमा बस्न नसक्ने भन्दै काम निस्किन बाध्य भए।गण्डकी प्रदेशमा संक्रमितहरूको सङ्ख्या थपिएको थपियै गर्दा पर्वतको पाङ जस्तै अन्य ठाउँ र अन्य जिल्लाबाट पठाइएका स्वाब नमूना परीक्षण रिपोर्ट पनि समयमा प्राप्त भएनन्।