कम्युनिस्ट पार्टीहरूका ब्यानरमा चार व्यक्तिका तस्बिर अंकित हुन्छन्— कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, भ्लादिमिर लेनिन र जोसेफ स्टालिन । माओवाद मान्ने पार्टीहरूले तिनमा माओ त्सेतुङको तस्बिर पनि थपेका हुन्छन् । वामपन्थी साहित्यले देवतुल्य चित्रण गर्ने यी पाँच जनाका अवगुण वा कमजोरी पनि हुन सक्छन् भनेर वामपन्थी पाठशालाबाट आएका धेरैलाई पत्याउन पनि कठिन ह्न्छु । धेरैका विचारमा कम्युनिस्ट आन्दोलन भ्रष्टीकरण भएको पछि मात्रै हो, रुसमा स्टालिनको मृत्यु भएर निकिता ख्रुस्चेभ आएपछि र चीनमा माओको मृत्यु भएर देङ स्याओपिङ आएपछि ।