सरकार बनेको लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन कठिन भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको छ । गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबाट मन्त्रीका आकांक्षाी धेरै भैरहेका बेला यस विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय …