काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले काठमाण्डाैकाे महाराजगञ्जमा महिला कर्मचारीकाे व्यवस्थापनमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।
महिला कर्मचारीद्वारा सञ्चालन गरिएको यस एनसेल सेन्टरले समानताको हिसाबले समाजमा महत्त्वपूर्ण भूमिका खेल्न सहयाेग गर्ने कम्पनीले विश्वास लिएकाे छ । यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैङ्गिक समानता र समुदाय विकासका लागि गरेको योगदानको एक प्रमाण भएकाे एनसेलले जनाएकाे छ ।
महिला कर्मचारीबाट सञ्चालित एनसेल सेन्टरबारे आफ्नो उत्साह साट्दै एनसेलका मानव संशाधन तथा प्रशासकी...