काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट आउँदाे वर्षकाे बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित भएको छ ।
राष्ट्रिय सभाको आज शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।
त्यस्तै मन्त्री खापुङले नै पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले ...