चार दिने अस्थायी सङ्घर्षविरामको अवधि सकिनै लागेका बेलामा कतारी मध्यस्थकर्ताहरूले उक्त अस्थायी युद्धविराम मङ्गलवार र बुधवार गरी थप दुई दिन बढाइएको घोषणा गरेका छन्। ह्वाइट हाउसले पनि त्यसलाई पुष्टि गरेको छ तर इजरेलले हालसम्म त्यसबारे आधिकारिक रूपमा केही भनेको छैन।