काठमाडौं । नेपाल प्रहरीले देशभरबाट पछिल्लो २४ घण्टामा ६ सय ७० जान अक्सिजन सिलिन्डर संकलन गरेको छ । संकलित सिलिन्डरमध्ये ३ सय ९१ वटा भरिएका सिलिन्डर संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खाली संकलन गरिएका २ सय ७९ सिलिन्डर भर्नका लागी अक्सिजन प्लान्टमा पठाइएको छ ।कोभिड–१९ जिल्ला संकल व्यवस्थापन केन्द्रसँगको समन्वयमा प्रहरीले कोरोनाका विरामीको उपचार भइरहेको अस्पताललाई ति अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ ।काठमाडौं उपत्यकाबाट संकलित सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित