क्वाँटी शब्द नेपाल भाषाको क्वाँती शब्दबाट बनेको हो, जसअनुसार क्वाँको अर्थ तातो र तीको अर्थ झोल वा सुप हो । तसर्थ, क्वाँती वा क्वाँटीको अर्थ तातो सुप भन्ने बुझिन्छ ।
क्वाँटी हाम्रो...
काठमाण्डाै - जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटीमा मास, भटमास, मुगी, केराउ, मस्याङ, चना, सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ ।
यसरी मिसाइएको गेडागुडी मिसाएर टुसा उमारेर क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
वर्षाको बेला पानीमा भिज्दै काम गर्दा शरीर कमजोर हुने र चिसो लाग्ने भएकाले वर्षा सकिने यो बेला श...
आज जनै पूर्णिमा। आज हरेकको घरमा क्वाँटी बनाएर खाइन्छ। जनै पूर्णिमाको दिन विभिन्न ११ प्रकारका गेडागुडी मिसाएर क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता रहेको छ। स्वास्थ्यका हिसाबले क्वाँटीका धेरै फाइदा छन्। त्यस कारण वर्षमा एक दिन […]
काठमाडौं । जनैपूर्णिमामा क्वाँटी खाने चलन छ । पहिला पहिला नेवार समुदायमा सीमित क्वाँटी अचेल सबै मानिसबीच लोकप्रिय बनेको छ । क्वाँटीमा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउलगायत नौ प्रकारका गेडागुडी मिसाइएको हुन्छ । क्वाँटी भनेको के हो ? जनैपूर्णिमाका दिन नेवार समुदायले क्वाँटी पूर्णिमा मनाउँछन् । यस पर्वमा […]
जनै पूर्णिमाको दिन नेवार जाति क्वाति पुन्ही (क्वाँटी पूर्णिमा) मनाउँछन् । क्वाँटी अर्थात् नौ किसिमका गेडागुडी मिसाएको परिकार, एक किसिमको सूप वा तातो झोल । नेपाल भाषाको ‘क्वाति’ शव्द ‘क्वा’ (तातो) र ‘ति’ (झोल वा रस) मिलेर बनेको हो । यो मूलतः नेवारको परम्परा हो । अहिले हरेक जिल्लामा जनै पूर्णिमाअघि किराना पसलहरुमा गेडागुडी मिसाएर बेचिराखेको देख्न पाइन्छ ।केही दशक अघिबाट नै के नेवार, के गैर–नेवार देशैभरि सबै नेपालीले क्वाँटी खाने चलन हार्दिक रुपले ग्रहण गरि
काठमाडौँ – जनैपूर्णिमाको एक दिन क्वाँटी खाने गर्छौं । वर्षमा एक दिन मात्र कुनै खानेकुरा खाएर त्यसबाट पाइने फाइदा लिन सकिंदैन । वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्व पाउन पनि सकिंदैन । टुसा उमारिएको गेडागुडी होस् वा तिलको लड्डु । समय समयमा खाइरहनुपर्छ । अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ । […]
हरेक चाडपर्वको आ–आफ्नो विशेषता हुन्छ । चाडवाडको अवसरमा विभिन्न पकवान पाक्ने गर्दछन् । अन्य चाडवार्ड जस्तै जनैपूर्णिमा विभिन्न गेडागुडी उमारेर क्वाँटी बनाएर खाने प्रचलन छ ।
काठमाण्डाै - जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ ।
क्वाँटीमा मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ । यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।
वर्षाको बेला पानीमा भिज्दै काम गर्दा शरीर कमजोर हुने र चिसो लाग्ने भएकाले वर्षा सकिने यो बेला शरीरलाई चिसोबाट ...
जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन चलिआएकाे छ। क्वाँटी भन्ने वित्तिकै टुसा उम्रेका गेडागुडी भन्ने बुझिन्छ । क्वाँटी गेडागुडीको मिश्रण हो । क्वाँटी बनाउनु अगाडि गेडागुडिलाई टुसा उम्रिने गरि भिजाउनु पर्छ ।
यस वर्षको जनै पूर्णिमा आज मनाइँदैछ । जनै पूर्णिमामा मान्यजनबाट जनै तथा डोरो लगाउने परम्परा रहेको छ । साथै क्वाँटी खाने पर्वका रुपमा पनि यसलाई चित्रण गरिएको पाइन्छ ।
विभिन्न प्रकारको गेडागुडीलाई भिजाएर टुसाएपछि क्वाँटीको रुपमा पकाएर खाने चलन रही आएको छ ।
पोषणविदहरूका अनुसार, क्वाँटी खाँदा स्वास्थ्यलाई विशेष किसिमको फाइदा हुन्छ । ९ प्रकारका गेडागुडी मिसाएर बनाइने क्वाँटीको सेवनले शरीरको पाचन प्रणालीलाई सक्रिय बनाउने पोषणविद्हरू बताउँछन् ।
के फाइदा ?
कमजोरीपना हटाउन सहयोग
ज्वरो, रुघाखोकी लगायतलाई...
काठमाडौं । जनै पूर्णिमा अर्थात क्वाँटी पुन्हि दिनका लागि साता दिनभित्रमै करीब १२ करोड रुपैयाँ बराबरको क्वाँटी विक्री भएको छ । खुद्रा व्यापार संघका अनुसार देशैभर १ साताको अवधिमा करीब १२ करोड रुपैयाँ बराबरको ६० टनभन्दा बढी क्वाँटीको विक्री भएको हो ।
श्रावणशुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा मनाइन्छ । यस दिन रक्षा बाँधिन्छ, नयाँ जनै लगाइन्छ र मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी, बकुल्लालगायत ९ प्रकारका गेडागुडीको मिश्रणलाई भिजाएर टुसा उमारेर क्वाँटी खाने प्रचलन रहेको छ । क्वाँटी खासगरी नेवारी समुदायमा प्रचलनमा रहे पनि अहिले धेरैले क्वाँटी खाने गरेको पाइन्छ । यसरी क्वाँटी बनाएर खाँदा मधुमेह, बाथ, मुटुरोगलगायत पेटको रोगबाट समेत छुटकारा पाइने जनविश्वास रहिआएको छ ।
कोरोना महामारीका कारण गाडीको ढुवानी भाडा, मजदूरको पारिश्रमिक आदि कुराहरू बढेकाले अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष क्वाँटीको मूल्य पनि बढेको व्यापारीहरू बताउँछन् ।
विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटीको सेटको मूल्य अहिले बजारमा प्रतिकिलो १ सय ९० देखि २ सय ५० रुपैयाँसम्म पर्ने गरेको संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले आर्थिक अभियान दैनिकसँग बताए । यस अघि यसरी बनाइएको सेटको मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँसम्म पर्ने गरेको उनी बताउँछन् ।
उनका अनुसार त्यसमा मिसाइएका गेडागुडीको प्रकार र त्यसको गुणस्तरअनुसार मूल्य तोकिएको हुन्छ । ‘कसैकसैले १२÷१५ किसिमका गेडागुडी पनि मिसाएकाले मूल्य धेरै पर्छ,’ उनले भने ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष हरियो केराउको मूल्य प्रतिकिलो ५० रुपैयाँले बढेर ९० रुपैयाँबाट १ सय ४० रुपैयाँ पुगेको छ । सेतो केराउको मूल्य प्रतिकिलो ७० रुपैयाँबाट बढेर १ सय रुपैयाँ सम्म पुगेको छ । त्यसैगरी चना, सिमी, मासलगायत अन्य गेडागुडीको मूल्य पनि गत वर्षको तुलनामा प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्म बढेको संघले जानकारी दिएको छ ।
पहिलेपहिले काठमाडौं उपत्यकाका नेवार समुदायले मात्रै क्वाँटी बनाएर खाने प्रचलन भए पनि पछिल्लो समय देशैभर क्वाँटी खाने प्रचलन बढेर गएको बताइन्छ । सबैजसो समुदायमा क्वाँटी खाने प्रचलन बढेसँगै विगतका वर्षहरूमा भन्दा पछिल्ला दिनमा क्वाँटीको खपत पनि बढ्ने गरेको सरोकारवालाहरू बताउँछन् । उनीहरूका अनुसार व्यापारीहरूले पनि जनै पूर्णिमाकै लागि भनेर महीनौं दिन अघिदेखि नै क्वाँटीको जोहो गर्न थाल्छन् ।