नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले देशकै प्रमुख शक्ति भएको दाबी गरेका छन् । उनले नेकपा एमालेलाई कमजोर पार्ने षडयन्त्र भएको भन्दै अहिले महाधिवेशनले त्यसलाई असफल पारेर देशको प्रमुख शक्ति एमाले नै हुने सन्देश दिएको बताए । उनले एमाले विभिन्न प्राविधिक कारणले प्रतिपक्षमा रहे पनि जनताले भर गरेको र संगठनात्मक शक्तिको आधारले देशको नेता भएको दाबी गरे ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ९ औँ जिल्ला अधिवेशन भैरहवामा उद्घाटन गर्दे नयाँ वर्ष लगत्तै मुलुक निर्वाचनमा होमिने भएकोले तीनै तहको नेकप