मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दोको पुरुष एकल १२–१४ वर्षमा स्वर्ण पदक जितेका छन् । शनिबार उनले ६.०४ अंक जोडेर गोदावरी इन्टरनेसनलका साइरस थापालाई (५.९९ अंक) लाई पछाडि पारे । मूलपानीका महेश आङथापु र सुपरस्टारका कृश पाण्डे तेस्रो बने ।