मन्त्रीको गाडी सडकमा रोकेरै अखिलले देखायो कालो झण्डा [भिडियो]

स्थानीय तहको चुनाव मिति घोषणा गर्न माग गर्दै नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले मंगलवार ललितपुरको हरिहरभवनमा रहेको मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको छ ।  चुनावको मिति घोषणामा दबाब दिने भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको अखिलले मंगलवार बिहान पुल्चोकमा प्रदर्शन गरेको हो ।  अखिलका कार्यकर्ताले सरकारका मन्त्रीलाई कालो झण्डा देखाएर विरोध जनाएका थिए । उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएका हुन् ।  पुल्चोकमा रहेको स्थानीय पूर्वाधार विकास अगाडिको सडकमा ...

सम्बन्धित सामग्री

जनकपुरमा ओलीलाई कालो झण्डा देखाउने प्रयास

८ असोज, जनकपुरधाम । जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रयास भएको छ । जनकपुर विमानस्थलबाट जनकपुर- जयनगर रेल चढ्न जाने क्रममा उनलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेका हुन् । जनकपुर विमानस्थलबाट ओली गाडीमा अगाडि बढेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवा देखिएका थिए । तर […]

कालो झण्डा देखाउनेलाई रिहा गर्न ओलीको आग्रह

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् । जनकपुरमा सोमबार आउँदा ओलीलाई कालो झण्डा देखाएको आरोपमा ११ जना पक्राउ परेका थिए । तर, ओलीले उनीहरुलाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका छन् । जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गरेका हुन् । गलत सूचनाका आधारमा उनीहरु कालो झण्डा देखाएको भन्दै ओलीले उनीहरुलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेक

ओलीले भने : मलाई कालो झण्डा देखाउनेहरुलाई रिहा गर्नुस्

२७ भदौ, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । सोमबार जनकपुर पुगेका ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । जनकपुरमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले कसैले गलत सूचना दिएका भरमा उनीहरु कालो झण्डा देखाउन […]

परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा

काठमाडौं, माघ २० । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा नेकपा एमाले निकट अनेरास्ववियुले कालो झण्डा देखाएका छन् । गृहजिल्ला पुग्नुभएका परराष्ट्रमन्त्री खड्कालाई अनेरास्ववियुका विद्यार्थीले मदन भण्डारी लोकमार्गको त्रियुगा अस्पतालमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परराष्ट्रमन्त्री डा.खड्का त्रियुगा नगरपालिका–८ स्थित […]

उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा

परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् ।गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।परराष्ट्रमन्त्री डा.खड्का त्रियुगा नगरपालिका–८ स्थ

अनेरास्ववियुद्वारा मन्त्रीलाई कालो झण्डा

समय नै निर्वाचनको गर्न माग गर्दै आएको एमाले निकट अनेरास्ववियुले आज  बुटवलमा मन्त्रीलाई कालो झण्डा देखाएको छ । केन्द्रीय सर्कुलर अनुसार आज साँझ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई पाल्पा रोडमा कालो झण्डा देखाएको अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलले बताए । उनले मन्त्रीहरूलाई कालो झण्डा देखाउनुको लागि  दिउँसोदेखि कुरेर बसे पनि अनन्त साँझ मात्र प्रहरीको आँखा छलेर पाल्पामा रोडमा देखाएको बताए । अनेरास्ववियुले हिजो जिल्ला प्रशासन कार्यालय मार्फत प्रधा

सभामुख सापकोटालाई कालो झण्डा देखाइयो

बनेपा – सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ। सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियू काभ्रेले कालो झण्डा देखाएको हो। सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियू काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो। एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो। […]

सभामुख सापकोटालाई अनेरास्ववियुको कालो झण्डा

सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो । सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो । यसअघि मंगलबार बिहान नै पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर

सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियुको कालो झण्डा

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । मंगलबार बिहान मन्त्री कार्की पुल्चोकस्थित क्वाटरबाट कार्यालय जाने क्रममा ललितपुरमा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी समेत गरेका थिए ।

ईश्वर पोखरेलसहित सरकारका तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा

उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सरकारका तीन मन्त्रीलाई नेकपाका नेता/कार्यकर्ताले कालो झण्डा देखाएका छन्। पार्टी कार्यक्रमका लागि सर्लाही पुगेका मन्त्रीलाई प्रचण्ड-नेपाल समूहका विद्यार्थीले मंगलबार कालो झण्डा देखाएका हुन्।