तेह्रथुममा हिंसा पीडितका लागि आवास गृह निर्माण हुने

तेह्रथुम – तेह्रथुममा हिंसामा परेका पीडितहरुलाई राख्न सुरक्षित आवास गृह निर्माण हुने भएको छ ।  हिंसापीडितहरुका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा समस्या भएको भन्दै सरोकारवालाहरुले गुनासो गर्न थालेपछि म्याङलुङ नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सुरक्षित आवास गृह निर्माण गर्ने भएको हो । विभिन्न हिंसाम...

सम्बन्धित सामग्री

गह्रौंसुरमा सुविधासम्पन्न आवास गृह

स्याङ्जाको प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित गह्रौँसुर धार्मिक पर्यटकीय क्षेत्र परिसरमा सुविधासम्पन्न आवास गृह निर्माण भएको छ ।

पहिरो पीडितलाई अस्थायी आवास गृह हस्तान्तरण

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माण गरिएको अस्थायी आवास गृह (घर) पहिरो पीडितलाई हस्तान्तरण गरिएको छ । मैवाखोलाका पहिरो पीडितका लागि निर्माण गरिएको अस्थायी एकीकृत आवास घर पीडित परिवारलाई सोमबार हस्तान्तरण गरिएको हो ।

स्थायी राजधानी भालुवाङमा स्थापना भयो मुख्यमन्त्री कार्यालय

दाङ : लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ। यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्नेछ।मुख्यमन्त्री  कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयका सामानसहितका सामग्री स्थायी राजधानीमा भालुवाङ पुर्‍याइएको हो। दाङको  राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय आवास गृह, मुख्य सचिवको कार्यालय र आवास

पोखराको हालको विमानस्थलमा आवास गृह र व्यापारिक भवन बन्ने

१९ साउन, काठमाडौं । पोखरामा नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल निर्माण भएपछि अहिले सञ्चालनमा रहेको पुरानो विमानस्थलको जग्गा उपयोग गर्न प्राधिकरणले योजना बनाउन सुरु गरेको छ । सो विमानस्थलको वैकल्पिक प्रयोगको योजना बनाउन मात्र प्राधिकरणले यस आवमा २० लाख रुपैयाँ बजेट खर्च गरेर परामर्श सेवा लिने भएको छ । प्राधिकरणले चालु आवको बजेटमा सो व्यवस्था […]

कर्णालीमा ‘नागरिक अतिथि आवास गृह’ बनाइँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजना अघि बढाएको छ । राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो । आवास गृह निर्माणका लागि चालू आवमा प्रदेश सरकारले पाँच करोड बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । ‘अतिथि आवास गृहको निर्माण वीरेन्द्रनगर नगरपालिकामार्फत अघि बढ्नेछ,’ उनले भने, ‘आवास गृह निर्माण भए विशेषगरी राजधानी सुर्खेत बाहिरबाट आउने नागरिकलाई आर्थिक व्ययभार कम गर्न सहयोग पुग्नेछ ।’ कर्णालीको विकटता र यहाँका नागरिकको स्वास्थ्योपचारमा सघाउ पुर्‍याउने उद्देश्यले आवास गृह निर्माण गर्न थालिएको उनले बताए । शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले चालू आवमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण शुरू गरिने बताइन् । ‘आवास गृहको निर्माण चालू आर्थिक वर्षमै सम्पन्न हुन नसकेर बहुवर्षीय योजनामा जान सक्छ,’ उनले भनिन्, ‘परियोजना प्रतिवेदन तयार भएपछि यसको क्षमता कति हो भन्ने थाहा हुन्छ ।’    उनका अनुसार अतिथि गृह निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले वडा नं ६ सुर्खेतस्थित जग्गा छनोट गरेको छ । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ स्थित उत्तरगंगामा एक करोडको लगानीमा किरियापुत्री भवन निर्माण गर्न थालिएको उनले बताइन् । ती सबै काम कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा वीरेन्द्रनगर नगपालिकामार्फत सम्पन्न हुने बताइएको छ । रासस

अझै बनेन सुकुम्बासीको आवास गृह

मुख्यमन्त्री एकीकृत बस्ती विस्तार कार्यक्रम अन्तरसुदूरपश्चिम प्रदेशको तीन ठाउँमा बनिरहेको ५७ वटा दुई कोठे आवास एक वर्षमा पनि बन्न सकेको छैन ।कैलालीको भजनी नगरपालिका–९, भुरुवाको राजी बस्ती, कञ्चनपुरको वेटकोट नगरपालिका–५, धर्मपुरमा २५/२५ वटा र डोटीको दिपायल सिलगढी नगरपालिका–७, राजपुरको वादी बस्तीमा सातवटा आवास गृह निर्माण भइरहेको छ । तर गत वर्ष पुस महिनादेखि सुरु भएको […]

अन्तर्राष्ट्रिय विमानस्थलमा ३५० सुरक्षाकर्मीका लागि आवास गृह निर्माण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ। विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो।

विराटनगरमा नमुना आवास कार्यक्रम

विराटनगर : नेपाल सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा विराटनगरस्थित वार्ड ५ मा १०० नमुना आवास गृह बनाइने भएको छ। स्थानीय शंकरवारी चोक केशलीयानजिक रहेको झण्डै २ विगाह क्षेत्रफलमा आवास  गृह बनाइन लागेको हो। सुकुम्वासी तथा विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमको सोमबार शिलान्यास गरिएको छ...

हिंसा पीडितका लागि आवास गृह बनाइने

तेह्रथुम – तेह्रथुममा हिंसामा परेका महिलाहरुका लागि सुरक्षित आवास गृह निर्माण हुने भएको छ । हिंसापीडितहरुका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा समस्या भएको भन्दै सरोकारवालाहरुले गुनासो गर्न थालेपछि म्याङलुङ नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सुरक्षित आवास गृह निर्माण गर्ने भएको हो ।  हिंसामा परेर अदाल...

जिल्ला अस्पताल बझाङलाई निक साइमन्सले बनाइदियो २० लाख लागतमा आवास गृह

काठमाडौं– जिल्ला अस्पताल बझाङलाई आवास गृह हस्तान्तरण गरिएको छ। निक साइमन्स इन्स्टिच्युटले करिब दुई करोड २० लाखको लागतमा उक्त आवासगृह निर्माण गरेको हो।  अस्पतालमा काम गर्ने...