नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले सरकारमा हुँदा स्थानीय तह सञ्चालन गर्न सफल भएका नमूना कामलाई लिएर जनतामा जान कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले घोराही उपमहानगर कमिटीले शुक्रबार घोराहीमा आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा उनले विकास, राष्ट्रियता, स्वाधीनता र समृद्धिको रक्षा गर्ने पक्षमा गठबन्धन नदेखिएको भन्दै उनीहरुलाई जनमत प्राप्त गर्ने अधिकारसमेत नभएको बताए ।स्थानीय तहको निर्वाचन विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने भन्दै उनले एमालेको एउटै उद्देश्य देश बनाउने र त