दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा राज्य पुनःसंरचना अनुसार गाउँतहमा स्थानीय सरकार बनेपछि भोजपुर सदरमुकामको चहलपहल दिनानुदिन घट्दै गएको छ । जिल्ला केन्द्रित अधिकार स्थानीय तहमा गएसँगै सर्वसाधारणको आवतजावतमा कमी हुन थालेपछि सदरमुकाममा चहलपहल घट्दै गएको हो ।
सदरमुकामको चहलपहल घट्न थालेपछि सदरमुकामको आर्थिक गतिविधिमा समेत ठूलो असर परेको छ । सरकारले नयाँ संरचनाअनुसार गत वैशाख ३१ मा स्थानीय तहको निर्वाचन घोषणा गरेपछि कर्मचारी र राजनीतिक दलका नेता कार्यकर्ताहरु गाउँ केन्द्रित भएपछि मान्छेको भिडभाड मच्चिने भोजपुर सदरमुकामका धेरै बजार र चौकहरु सुनसान बन्दै गएका छन् ।