काठमाडौं : बाग्लुङ काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचारको आरोप लागेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा अधिकृत विक, तत्कालीन सब–इञ्जिनियर नवीनकुमार दास, असिस्टेन्ट सब–इञ्जिनियर सनोज उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष रनबहादुर थापा, सचिव टेकनारायण पुन र कोषाध्यक्ष पार्वती थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।उनीहरूले नालढुङ्गा खानेपानी योजनामा