नबिलको सामाजिक सचेतना अभियान सुरु, एसिड आक्रमणबाट बाँचेकी बसन्तीको भिडियो सार्वजनिक

एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरुेको छ । बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको जनाएको छ ।यो अभियान मार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देश सहित यो अभियान मार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उदेश्य राखेको छ । यसबाहेक, एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास पर्नी गर्ने बैंकले जनाएको छ। बसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उदेश्यले आक्रमण गर्यो । एसिड आक्रमणबाट बाँच्न सफल उनि अब एउटा पिडितको रुपमा होइन बहादुरी जीवनयापकको रुपमा आफ्नो पहिचान बनाउन चाहन्छिन् । थप, विगतका पिडाहरुलाई भुल्न नसके पनि बसन्ती ती पिडाहरु विरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघी बढीरहेकी छिन् ।  यस अभियानको सुरुवात गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ । यसै सिलसिलामा बैंकले चैत २२ गते विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर एक छलफलको आयोजना गरेको छ । वरिष्ठ सामाजिक अभियान्ता उज्वल थापा, संचारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पकार सहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहरुका सवाल उठान गरिएको थियो । प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसंग नेपालमा एसिड आक्रमणविरुद्धका कानुनहरू, एसिड आक्रमणका घटनाहरूको विगत÷वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरूका लागि उपलब्ध चिकित्सा हेरचाह÷सहयोग सम्बन्धी  विषयमा छलफल भएको थियो । एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउँन र एसिड आक्रमणको बारेमा आम जागरूकता बढाउँन यो छलफलले सहयोग पुग्ने विश्वास गरिएको छ । यस्ता खालका छलफलले एसिड अपराधविरुद्ध समाजका सबै सदस्यलाई जागरुक बनाइ स्टिरियोटाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको संभावनाको बारेमा समेत छलफल भएको थियो । बैंकले भनेको छ 'बसन्ती मोडेल मात्र होइनन्, प्रेरणादायी पात्र हुन् भन्ने सन्देशसहितको नबिलको यो अभियानले एसिड आक्रमण जस्ता आपराधको अन्त्यका लागि एक सामूहिक सन्देश दिन खोजेको छ । यो सन्देशमुलक अभियान आगामी दिनमा पनि जारी रहनेछ । '

सम्बन्धित सामग्री

दाहालको ‘एक पटकमा एक योगदान’ अभियान सुरु

संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ।

सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु

सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ। आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो।

भक्तपुरलाई ‘सडक मानव’मुक्त बनाउने अभियान सुरु

भक्तपुरलाई ‘सडक मानव’मुक्त बनाउने अभियान सुरु गरिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा जिल्लालाई सडक मानवमुक्त जिल्ला बनाउने सातदिने अभियान सुरु गरिएको हो। साताव्यापी अभियानमा भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका...

‘एभोकाडो सिटी’ अभियान सुरु

भक्तपुर, १ साउन । भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । एक घर दुई एभकाडो बिरुवा रोप्दै आगामी तीन वर्षभित्र चाँगुनारायण नगरपालिकालाई ‘एभोकाडो सिटी’ बनाउने अभियान सुरु भएको हो । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवं अर्थविद् डिपी ढकालले भक्तपुरको परिकल्पनालाई साकार पार्न यहाँका स्थानीयलाई एभोकाडोको बिरुवा वितरण गर्दै अभियान […]

कोहलपुर नगरपालिकाकाे वृक्षरोपण अभियान सुरु

नेपालगञ्ज – कोहलपुर नगरपालिकाले हरित सहरका लागि आजदेखि वृक्षरोपण अभियान सुरु गरेको छ। कोहलपुर नगरपालिका हाताभित्रबाट वृक्षरोपण अभियान सुरु भएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए। नगर प्रमुख पूर्णप्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले एकैसाथ वृक्षरोपण गरेर अभियानको सुरुवात गरेका छन्। कोहलपुर नगरपालिकालाई हरित नगर बनाउने योजना अनुसार […]

महिनावारी सचेतना अभियान सुरु

महिलाको रजोनिवृत्ति अर्थात् महिनावारी र सरुवा रोगका बारेमा जानकारी दिने उद्देश्यले रजोनिवृत्ति अर्थात् महिनावारी सचेतना अभियान सुरु भएको छ।

सुबिसुको ‘घरघरमा’ अभियान सुरु

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’ नामक अभियान सुरु गरेको छ । कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यले नयाँ अभियान सुरु गरेको हो ।  अभियानमा कपन, बालाजु, न्युरोड, जोरपाटी, बुढानीलकण्ठ,...

रानीपोखरी सरसफाइ अभियान सुरु

विश्व सरसफाइ अभियन्ताले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् ।पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरूले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् । रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरूले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाइ अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]

सुजल फुड्सको नयाँ विज्ञापन अभियान सुरु

सुजल फुड्स प्रालिले नयाँ विज्ञापन अभियान सुरु गरेको छ। आफ्नो २० औँ बार्षिकोत्सवको अवसरमा चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको हो।...

देशव्यापी मास्क अभियान सुरु

काठमाडौं : कोरोना भाइरस संक्रमण बढ्दै जाँदा सरकारले  नेपाल मास्क अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सप्ताहव्यापी रुपमा अभियान सुरु गरेको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अभियानको शुभारम्भ गरेका छन्।‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नारा सहित अभियान सुरु भएको छ।देशव्यापी रुपमा कोरोना भाइरसको बढ्दो