काठमाडौं : नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय पहिचानको मुद्दा आफ्नो पार्टीले फेरि सशक्त ढंगले उठाउने बताएका छन्। मगर राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले यसअघि जातीय पहिचान र अधिकारको मुद्दा सशक्त ढंगले अघि बढाउन नसकेको स्वीकार गरे। ‘पहिचान र अधिकारको विषय अहिले कमजोर भएको जस्तो देखिएको छ। जति पकड हुनुपर्थ्यो त्यति हुन सकेन। कहिँ न कहिँ कमजोरी भएको छ, उनले भने, ‘उत्पीडित वर्ग, जाती, क्षेत्र, ल