विराटनगर : कोशी प्रदेशका प्रदेशसभा सदस्य पाचकर्ण राई (पीके)लाई कार्यक्रमस्थलमा कालो झण्डा देखाउनुका साथै मोसो दल्ने प्रयास गरिएको छ।शनिबार खोटाङ जिल्ला समन्वय समितिको सभा चलिरहेका वेला सांसद राईलाई पहिचान पक्षधरका आन्दोलनकारीले कार्यक्रम स्थलमा नै कालो झण्डा देखाएर विरोध जनाएका हुन्।जिल्ला सभामा खोटाङ जिल्लाको १० वटै पालिकाको प्रमुख र उपप्रमुख सहभागी थिए।जिल्ला सभामा साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले कार्यक्रमलाई सम्बोधन गरेलगत्तै किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातीले कार्यक्