नरसिंह विष्ट हत्या प्रकरण : थप ३ जना पक्राउ

धनगढी : दार्चुलामा नरसिंह विष्टको हत्या आरोपमा थप ३ जना पक्राउ परेका छन्।जिल्लाको व्यास गाउँपालिका–४ का ४० वर्षीय विष्टको हत्या आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको हो। व्यास गाउँपालिका–४ का ४३ वर्षीय झुनसिंह विष्ट, ५६ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय मोहन विष्टलाई बुधबार पक्राउ गरिएको दार्चुला प्रहरीले जनाएको छ। यसअघि मंसिर १२ मा प्रहरीले २५ वर्षीय दिपक विष्टलाई पनि पक्राउ गरेर सार्वजनिक गरेको थियो। अहिले विष्टसहित सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको

सम्बन्धित सामग्री

लाल मोहम्मद हत्या प्रकरण : 'पेस्तोल व्यवस्थापन' गर्नेसहित ३ जना पक्राउ

लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा सुटरहरूलाई पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारामसहित ३ जनालाई पक्राउ गरेको हो ।

सुजिता ठाकुर हत्या प्रकरण : बुबासहित ३ जना पक्राउ

महोत्तरीको लोहारपट्टि– ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । उनका बुबा कामेश्वर पाण्डेसहित ३ जना अभियुक्तलाई सोमबार जिल्ला प्रहरी कार्यलय महोत्तरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

गोरीकला हत्या प्रकरण : ट्राफिक प्रहरी जवानसहित ३ जना पक्राउ

सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित बाबियाचौरमा मृत फेला परेकी छात्रा गोरीकलाको हत्या भएको खुलेको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ट्राफिक प्रहरी जवानसहित ३ जनालाई पक्राउ गरेको छ। पञ्चपुरी नगरपालिका–३, चौर घर भई एसईई परीक्षा दिन बाबियाचौर आएकी गोरीकला रोकायाको हत्यामा प्रहरीको संलग्नता रहेको समेत रहस्य खुलेको छ। हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित…