काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० वर्षे विपद् न्यूनीकरण महा-अभियान सुरु गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले महा-अभियान सुरु गरेको हो । कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले विस्तृत कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालको विपद् व्यवस्थापनमा महा-अभियानले महत्पूर्ण भूमिका […]