चितवनमा महिन्द्रा ट्र्याक्टरको सोरुम

नेपालका लागि महिन्द्रा युटिलिटी सवारीसाधन र ट्र्याक्टरको अधिकृत वितरक अग्नि ग्रुपले चितवनको मिलनचोकमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो डिलर नेटवर्क बतास ब्रदर्स प्रालिको नयाँ शाखामा महिन्द्रा ट्र्याक्टरको  बिक्री, बिक्रीपछिको...

सम्बन्धित सामग्री

दमकमा महिन्द्रा ट्र्याक्टर सोरुम र सर्भिस सेन्टर

अग्नि ग्रुपले दमकको क्याम्पस मोडमा महिन्द्रा ट्र्याक्टरको नयाँ सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।...

दमकमा अग्नि ग्रुपको सर्भिस सेन्टर

काठमाडौं (अस) । अग्नि ग्रुपले दमकको क्यापस रोडमा महिन्द्रा ट्रयाक्टर सोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार त्यस क्षेत्रमा रहेको यो अग्नि ग्रुपको सुविधासम्पन्न सोरुम हो । नयाँ ट्रयाक्टर सोरुम तथा वर्कसप उद्घाटन अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले वाणिज्य संघ संयोजक बबरजंग थापा, निम्स हस्पिटल दमकका उपाकान्त आचार्य, टीएमटी ब्रिक्स उद्योगका निर्देशक रवि केसीलगायतको उपस्थितिमा गरेका थिए । ‘दमक र आसपासका ग्राहकलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने उद्देश्यले नयाँ ट्रयाक्टर सोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

डडेल्धुरामा महिन्द्राको थ्रीएस सोरुम

अग्नि ग्रुपले डडेल्धुरामा महिन्द्रा गाडीको बिक्री, सेवा र पार्टपुर्जा सहितको सोरुम खोलेको छ।

अग्नि आस्थाले खोल्यो चार स्थानमा एकैसाथ महिन्द्रा सोरुम

काठमाडौं (अस) । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले नेपालमा प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधन बिक्री, सेवा र स्पेयर पाट्र्स सेटअपसहितको पहिलो आधिकारिक सोरुम एकैसाथ चार स्थानमा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकैसाथ सोरुम उद्घाटन गरेको हो । छिट्टै पोखरा तथा मुलुकका अन्य स्थानमा पनि सोरुम खोल्ने योजना रहेको कम्पनीले बताएको छ । बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधाको अवधारणासहित प्रमाणीकरणयुक्त प्रयोग गरिएका सवारीसाधन बिक्री सुविधा ल्याइएको यो पहिलो पटक भएको कम्पनीले जनाएको छ । अबदेखि ग्राहकले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारीसाधन खरिद गर्न सक्नेछन् । हालका लागि विशेष रूपमा महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित हुनेछ । अग्नि ग्रुपका कार्यकारी निर्देशक सुशन वैद्य श्रेष्ठले भने, ‘प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधन विश्वभरि लोकप्रिय छन् । तर, नेपालमा पहिलो पटक यस्तो अवधारणा ल्याइएको हो । हामीले बेच्ने सवारी प्रयोग भइसकेका भए पनि यसलाई नयाँ अवस्थामा जस्तै उपलब्ध गराउँछौं । ग्राहकले प्रयोग भइसकेका सवारीसाधन २०० चेकप्वाइन्ट निरीक्षणसहित १२/७ सर्भिस सुविधा, सक्कली स्पेयर पार्टस् र सक्कली सहायक सामग्री, बडी एन्ड पेन्ट्स सुविधा, भेहिकल ग्रुमिङ सेवासहितका सेवासुविधा पाउन सक्नेछन् ।’ ग्राहक सुविधाका लागि एकलबिन्दु समाधानको रूपमा आएको कम्पनीको भनाइ छ । कुनै पनि प्रयोग भइसकेका सवारीसाधन बिक्री गर्नुअघि कम्पनीले सवारीलाई मल्टिप्वाइन्ट निरीक्षणसहित प्रमाणीकरण गर्नेछ । कम्पनीका प्रशिक्षित प्राविधिकले सयौं भाग र प्रणालीमा जाँच गर्नेछन् ।

ताप्लेजुङमा महिन्द्राको शोरुम

अग्नि गु्रपले ताप्लेजुङमा महिन्द्रा गाडीको सोरुम खोलेको गरेको छ । कम्पनीले थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टसको सेवा प्रदान गर्ने उद्देश्यले उक्त सोरुम सञ्चालन गरेको जनाएको छ।

२ करोड बढी लगानीमा ताप्लेजुङमा महिन्द्रा सोरुम

जिल्लामा २ करोड बढी लगानीमा महिन्द्रा गाडीको आधिकारिक शोरुम खोलिएको छ । मुलुकभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्र्याक्टर बिक्री गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले ताप्लेजुङमा ४२ औं सोरुम स्थापना गरेको हो । सोमबार प्रदेशसभा सदस्यद्वय बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा तथा महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री डाइरेक्टर तापस पटनायकले संयुक्त रूपमा सोरुमको उद्घाटन गरे ।