दमकमा अग्नि ग्रुपको सर्भिस सेन्टर

काठमाडौं (अस) । अग्नि ग्रुपले दमकको क्यापस रोडमा महिन्द्रा ट्रयाक्टर सोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार त्यस क्षेत्रमा रहेको यो अग्नि ग्रुपको सुविधासम्पन्न सोरुम हो । नयाँ ट्रयाक्टर सोरुम तथा वर्कसप उद्घाटन अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले वाणिज्य संघ संयोजक बबरजंग थापा, निम्स हस्पिटल दमकका उपाकान्त आचार्य, टीएमटी ब्रिक्स उद्योगका निर्देशक रवि केसीलगायतको उपस्थितिमा गरेका थिए । ‘दमक र आसपासका ग्राहकलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने उद्देश्यले नयाँ ट्रयाक्टर सोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित सामग्री

महिन्द्राको सर्भिस सेन्टर कुपण्डोलमा

काठमाडौं– नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप बालाजु अटो वर्कसले ललितपुरको कुपण्डोलमा नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यस २ एस सर्भिस सेन्टरको क्षेत्रीय प्रबन्धक एपीएसी र महिन्द्रा एण्ड महिन्द्रासका मर्थन कार्य अन्तर्राष्ट्रिय अपरेसन्स् जोइदीप मोइत्रा, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा […]

बालाजु अटोवर्कको नयाँ सुविधा सम्पन्न मोबाइल सर्भिस भ्यान सेवा

१४ कात्तिक, काठमाडाैं । अग्नि ग्रुप प्रा.लिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्स् प्रालिले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको व्यवस्था प्रारम्भ गरेको छ । यो सेवासँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी विग्रेको खण्डमा दक्ष प्राविधिक सहितको टोली गाडी विग्रेको स्थानमा पुगी मर्मत गर्नेछन् । कम्पनीले आयोजना गरेको एक कार्यक्रममा …