किसानलाई बर्ड फ्लूबाट भएको क्षतिपूर्ति दिन मन्त्रालय तयारी गर्दैछ : मन्त्री साह

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले किसानलाई बर्ड फ्लूबाट भएको क्षतिपूर्ति दिन मन्त्रालयले तयारी गरिरहेकाे बताउनुभएकाे छ । शनिवार काठमाण्डौमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले किसानहरुले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्डफ्लूबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको बताउनु भयो । उहाँले कृषि मन्त्रालय खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो ।   ...

सम्बन्धित सामग्री

क्षतिपूर्ति सकिँदैन, राहत दिइनेछ

कृषिमन्त्री बेदुराम भुसालले लम्पी स्कीन रोगबाट मरेका पशुको क्षतिपूर्ति सरकारले दिन नसक्ने बताएका छन् । उनले पीडित किसानलाई क्षतिपूर्ति नदिए पनि केही राहत भने दिइने जानकारी दिए । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बिहीबार मन्त्री भुसालले क्षतिपूर्ति दिन स्रोतको अभाव भएको भन्दै सरकारको तर्फबाट किसानलाई राहत दिन कार्यविधि बनिरहेको बताए । […]

इन्टरनेट सेवा अवरुद्ध भए क्षतिपूर्ति पाइने

इन्टरनेट, फोन लगायतका दूरसञ्चार सेवा अवरुद्ध भए सो अवधिको क्षतिपूर्ति ग्राहाकले पाउने व्यवस्था कार्यान्वयनमा आउने भएका छ।...

इन्टरनेट सेवा अवरुद्ध भए क्षतिपूर्ति पाइने

इन्टरनेट, फोन लगायतका दूरसञ्चार सेवा अवरुद्ध भए सो अवधिको क्षतिपूर्ति ग्राहाकले पाउने व्यवस्था कार्यान्वयनमा आउने भएका छ।...

ओरियन्टलपीडितलाई  क्षतिपूर्ति दाबी गर्न आह्वान

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरियन्टल सहकारीपीडितलाई आफ्नो क्षतिपूर्ति दाबी गर्न आउन आह्वान गरेको छ । समितिले विभिन्न सञ्चारमाध्यममा सूचना जारी गर्दै ओरियन्टलपीडितलाई लिनुपर्ने रकमको प्रमाणसहित समितिमा हाजिर हुन आह्वान गरेको हो ।  समितिले...

‘प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्छ’

विश्वमा तातो हावा, बाढी, अनिकाल तथा अन्य जलवायुजन्य प्रकोपले ठुलो नोक्सानी गरिरहेको औंल्याउँदै गुटरेसले प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्ने (पोलुटर मस्ट पे) बताएका हुन्।...

क्षतिपूर्ति लिनै आउँदैनन् पीडित पक्ष

संविधानले फौजदारी मुद्दाका पीडित पक्षलाई क्षतिपूर्ति भराउने व्यवस्था गरे पनि क्षतिपूर्ति दाबी गर्न आउनेको संख्या न्यून छ।...

जुम्लाका स्याउ किसानले पाए क्षतिपूर्ति

खलङ्गा- जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शेखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका एक हजार ४ सय २० स्याउ किसानलाई रु दुई करोड ७८ लाख क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने ,मौसम सूचकाङ्कका आधारमा बीमा गरेका […]

जुम्लाका स्याउ किसानले पाए क्षतिपूर्ति

जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका एक हजार ४ सय २० स्याउ किसानलाई रु दुई करोड ७८ लाख क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने, “मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानलाई क्षतिपूर्ति बापत रकम भुक्तानी गरेका छौं ।” उनका अनुसार जिल्लाका आठ स्थानीय तहका किसानलाई उक्त दाबी भुक्तानी दिएको छ

अमेरिकी इतिहासमै अहिलेसम्मको ठुलो क्षतिपूर्ति पाउने भए पिडितहरुले ….

अमेरिकाका एक पूर्व चिकित्सकको यौन दुर्व्यवहारबाट पीडित दर्जनौँ महिलाले ठुलो क्षतिपूर्ति रकम पाउने भएका छन् । महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्व चिकित्सक डा. ल्यारी नासरको दुर्व्यवहारबाट पीडित महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् । यौन काण्डको वर्षौँपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको हो । […]

अर्बौं ठगीमा न्यून क्षतिपूर्ति

काठमाडौं, भदौ २० । वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी हुँदा निकै थोरैले क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेको हो। हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२ करोड रूपैयाँ […]