काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिमा माहिर खेलाडीमध्ये एक हुन्। माओवादी तेस्रो शक्तिको रूपमा स्थापित भइराख्दा उनले त्यसको सदुपयोग गरेर सधैँ सत्ताकै वरिपरि घुमिरहेका छन्।कहिले कांग्रेस त, कहिले एमालेसँगको सहकार्यमा हातमा सत्ताको चाबी आफैँ राखिरहेका छन्। अर्थात् सरकार गठनमा सधैँ निर्णायक हुन्छन्।त्यसो त ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेससँग सत्तामा रहेका प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा एमालेसँ