काठमाडौँ : नेपाली युवा टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चिनियाँ टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबलको लागि करिब एक साता तयारी गरेको र यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर भएको बताएका छन्।चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यू–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच शनिवार मैत्रीपूर्ण खेल हुँदै छ। सो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले टोलीमा युवा र क्षमतावान् खेलाडीको बाहुल्य रहेको उल्लेख गर्दै तयारी पनि राम्रो भएको बताएका हुन्।यसको तयार