पशुपतिमा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र

उपप्रधानमन्त्री इश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेसन केन्द्रको शुभारम्भ गरेका छन् । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन् ।मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैयाको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा […]

सम्बन्धित सामग्री

गौशालामा कोभिड आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौं । काठमाडौंको गौशालामा ५१ शय्याको कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधवार शुभारम्भ गरे । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले जानकारी दिए । नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजन सेवासहितको आइसोलेसन केन्द्र स्थापना गरिएको उनले बताए । उक्त अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले मिलेर लड्नुपर्ने बताए । ‘यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन,’ उनले भने, ‘सरकारले अभिभावकको भूमिका निर्वाह गर्छ, तर यो लडाइँ सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।’ केन्द्रलाई पूर्णरूपमा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । अहिले देशका ८६ ठाउँमा पीसीआर प्रयोगशाला र केन्द्रदेखि स्थानीय तहसम्म कोभिड–१९ को उपचार गर्ने अस्पताल स्थापना भएको उनले बताए । सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उनले अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरीद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको तथा कोरोना भाइरसविरुद्धको खोप खरीदका लागि औपचारिक प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिए ।     सातओटै प्रदेशमा सात र काठमाडौंमा एक गरी एक हजार क्षमताका आठ होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण शुरू गर्ने उपप्रधानमन्त्री पोखरेलले बताए । रासस

बाँकेमा प्रहरीका लागि अक्सिजनसहितको १० बेडको आइसोलेसन

बाँके प्रहरीले आफ्ना सहकर्मीका लागि १० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोभिड–१९ बाट संक्रमित प्रहरी कर्मचारीहरुलाई आइसोलेसनमा राख्न नेपालगन्ज उपमहानगरपालिका १० गणेशमान चोकमा रहेको निःशुल्क लागूऔषध परामर्श केन्द्रको भवनमा आसोलेसन केन्द्र निर्माण गरिएको हो ।

उपप्रधानमन्त्री पोखरेलद्वारा ५१ शय्याको निःशुल्क आइसोलेसन केन्द्र उद्घाटन

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेसन केन्द्रको शुभारम्भ गरेका छन् । मारवाडी सेवा समितिले सुरु गरेको उक्त आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन् । मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शय्याको सो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा...