कालिगण्डकी करिडोर कालोपत्रे गर्न सुरु

१६ मंसिर, गुल्मी । कालिगण्डकी करिडोर अन्तरगत गुल्मीको रिडी–रुद्रवेणी–हर्मिचौर सडकखण्ड कालोपत्रे गर्ने कामको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुरु क्षेत्र गाउँपालिका वडानम्बर–१ को रिडीबाट कालोपत्रेको शुभारम्भ गरेका हुन् । कालोपत्रे निर्माण कार्यको सुरुवात गर्दै …

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्ग र कालिगण्डकी करिडोर जोड्ने सडक कालोपत्रे

पर्वत– सिद्धार्थ राजमार्ग र कालिगण्डकी करिडोर जोड्ने शाखा सडकको रूपमा रहेको स्याङ्जाको वालिङदेखि पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरको खहरेखोलासम्म सडक कालोपत्रे सम्पन्न भएको छ । वालिङ–हुवास–वहाकी–खहरे सडकअन्तर्गत बाँकी रहेको वहाकी–खहरे सडक खण्ड कालोपत्रे सम्पन्न भएसँगै पर्वत खण्डमा पर्ने चिसापानीदेखि कालिगण्डकी करिडोर जोडिने खहरेखोलासम्मको १३ किलोमिटर भाग सकिएको हो । स्याङ्जा खण्डमा पर्ने वालिङदेखि चिसापानीसम्मको १६ किलोमिटर […]

बेनी-गलेश्वर सडकको शिलान्यास

कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला सडक योजना) अन्तर्गत बेनी–गलेश्वर सडक कालोपत्रे गर्नका लागि शुक्रबार शिलान्यास गरिएको छ । जय धन्नजय/मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले कालोपत्रे गर्ने जिम्मा लिएको बेनी गलेश्वर सडकको शिलान्यास बेनी नगरपालिकाका मेयर सुरत केसीले गरेका हुन् । उक्त सडकको शिलान्यास गर्दै मेयर केसीले निर्माण व्यवसायीलाई तोकिएको समयममा सडक स्तरोन्नति गर्न निर्देशन गर्दै […]

कालीगण्डकी करिडोरको मालढुंगादेखी गुल्मीको हर्मिचौरसम्म कालोपत्रे हुने

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कालेपत्रे हुने भएको छ ।  चालु आर्थिक वर्षमै कालोपत्रे सुुरु गर्नेगरी कालीगण्डकी करिडोरको बागलुङखण्ड ठेक्का प्रकृयामा गएको हो । करिडोरको मालढुंगादेखि बलेवा विमानस्थलखण्ड र बलेवा विमानस्थलदेखी...

कालिगण्डकी करिडोर सडक खण्ड कालोपत्रे हुने

बागलुङ । कालीगण्डकी कोरिडोरको बागलुङ सडक खण्ड कालोपत्रे हुनेभएको छ । कोरिडोरको बागलुङ खण्ड अन्तरगत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडक खण्ड कालोपत्रे हुनेभएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो सडक बागलुङ खण्ड अन्तरगतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडक विभागलाई हस्तान्तरण भइसकेको छ । हस्तान्तरण भएको ३८ किलोमिटर सडकमध्ये सुरुमा हस्तान्तरण गरिएको मालढुङ्गादेखि बलेवा विमान […]

कालिगण्डकी करिडोरको पर्वत खण्डमा कालोपत्रेको काम सुरु

पर्वत-दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा कालोपत्रे तथा स्तरोन्नतिको काम सुरु भएको छ । पर्वत खण्डअन्तर्गत रानीपानी–कुर्घा फलेवास खण्डको २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य आइतबारदेखि सुरु गरिएको हो ।धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालिगण्डकी करिडोर अन्तर्गतको यो खण्ड आगामी दुई वर्षभित्रमा कालोपत्रे हुने […]

कालीगण्डकी करिडोरको रानीपानी–फलेबास खण्डमा कालोपत्रे शुरु

दुर्गाप्रसाद शर्मा, पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने ब्यापारिक सडक कालिगण्डकी करिडोर अन्तर्गत पर्वतको रानीपानी– फलेबास खण्डमा कालोपत्रे शुरु गरिएको छ । पर्वतको रानीपानीदेखि कुर्घा हुँदै फलेवाससम्म २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको हो । पर्वतको बिहादी गाउँपालिका–२ रानीपानीदेखि फलेवास नगरपालिकाको लमायखोला सम्मको खण्डका लागि आवश्यक […]

कालिगण्डकी करिडोर सडक : म्याग्दी खण्डको निर्माणले गति लिँदै

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम सडक खण्डको कामले गति लिन थालेको छ । आयोजना निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले यतिखेर सडक निर्माणलाई गति दिन थालेका छन् । केही खण्डमा जेठसम्म कालोपत्रे गर्न तयारी थालिएको आयोजनाले जनाएको छ ।