गरीबको पहिचान र परिचयपत्र वितरण

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले मुलुकबाट गरीबी निवारण गर्ने उद्देश्यले वस्तुगत तवरले गरीब घरपरिवारको पहिचान गरी उनीहरूलाई मात्र लक्षित गरी राज्यबाट प्रदान गरिने विभिन्न सेवासुविधामा प्राथमिकतापूर्वक छूट तथा सहुलियत, रोजगारीलगायत सेवा प्रदान गरी सामाजिक संरक्षण प्रदान गर्ने कार्य नेपालको संविधान, २०७२, आवधिक योजनाहरू र अन्य राष्ट्रिय नीतिहरूमा उल्लिखित देशको सामाजिक न्याय, मानव अधिकार, समावेशीकरण, विकास र समृद्धिका लागि पूर्वशर्तकै रूपमा लिन सकिन्छ । यसरी लक्षित कार्यक्रम सञ्चालन गर्दा दुरुपयोग र दोहोरोपना कम भई कार्यक्रमको वित्तीय कार्यकुशलता बढ्ने र छिटो गरीबी निवारण हुने स्पष्ट नै छ । अनुसन्धानहरूले समाजमा घरपरिवारहरू गरीबीमा पर्ने र गरीबीबाट निस्कने क्रम निरन्तर भइरहने देखाएका छन् । त्यसैले गुनासो सुनुवाइ  र सूची अद्यावधिक गर्ने कार्य पनि निरन्तर हुनुपर्छ । हालसम्म यसरी गरीब घरपरिवार पहिचान गर्न नेपालका ७७ जिल्लामध्ये हिमाल, पहाड, तराई र पाँचै विकास क्षेत्रको प्रतिनिधित्व हुनेगरी जिल्लागत अधिकतम गरीबीको दरको आधारमा छानिएका २६ जिल्लाहरूमा विसं २०६९ गठित गरीब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयमार्पmत विक्रम सम्वत २०७० सालमा गरीब घरपरिवार पहिचान सर्वेक्षण सञ्चालन गरिनु प्रशंसनीय कार्य हो । साथै, सर्वेक्षण गरिएका २६ जिल्लामा रहेका तत्कालीन १२,२४,४१७ घरपरिवारमध्ये ३,९१,८३१ घरपरिवार (करीब ३२ प्रतिशत) लाई गरीब घरपरिवार (अतिगरीब, मध्यम गरीब र सामान्य गरीब) को रूपमा पहिचान गरी गरीब परिचयपत्र वितरण गर्ने अवस्थामा पुग्नु र थप ३८ जिल्लामा सर्वेक्षणको कार्य अगाडि बढ्नुलाई मन्त्रालयले प्राप्त गरेको ठोस उपलब्धिको रूपमा लिन सकिन्छ । तर, विसं २०७० मा सर्वेक्षण र तथ्याङ्क विश्लेषण गरी पहिचान भएका घरपरिवारको बारेमा प्रश्न उठेकोले परिचयपत्र वितरण गर्ने कार्य सम्पन्न नभएकाले गरीब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका, २०७५ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । तथापि हालसम्म परिचयपत्र वितरण हुन नसक्नुलाई समग्र कार्यक्रमकै गम्भीर समस्याका रूपमा लिन सकिन्छ । यसबाट गरीबको पहिचान गर्ने कार्य कति चुनौतीपूर्ण छ भन्ने विषय पनि स्पष्ट हुन्छ । अनौपचारिक अर्थतन्त्रको प्रधानता रहेको हाम्रो देशमा घरपरिवारको सम्पत्ति र आम्दानीको यथार्थ विवरण उपलब्ध हुन कठिन हुने अवस्थाले गर्दा यस प्रकारको समस्या रहनु स्वाभाविक भएकाले यसलाई निराकरण गर्न स्थानीय तहमा नै सार्वजनिक सुनुवाइ गरी यस्ता घरपरिवार यकिन गर्नु नै उपयुक्त तरीका हो । विश्वका कतियत अन्य देशमा पनि यस प्रकारको अभ्यास रहेको पाइन्छ । उपर्युक्त समस्या र चुनौतीलाई आत्मसात् गरी मन्त्रालयले यसको मूल कारण स्थानीय तहमा सर्वेक्षणबाट पहिचान भएका गरीब घरपरिवारको प्रारम्भिक सूची र गरीबको वर्गीकरण उपर सुनुवाइ गर्ने कार्य प्रभावकारी नभएकाले यस्तो सूचीमा समावेश हुनु पर्ने घरपरिवार समावेश नभएको र समावेश नहुनु पर्ने घरपरिवार समावेश भएको अवस्था हुने गई गरीब परिचयपत्र वितरण गर्ने कार्य अन्योलमा परेको औल्याएको छ । सोही कारणको निदानका लागि हालै मन्त्रालयद्वारा मस्यौदा गरिएको गुनासो सुनुवाइ मार्गदर्शन, २०७८ सकारात्मक प्रयास हो । घरपरिवार सर्वेक्षणमा झूटा वा नक्कली तथ्याङ्क सङ्कलन र प्रविष्ट हुन नसक्ने विधिसहित त्यस्ता तथ्याङ्कको सिफारिश गर्ने वा सङ्कलन गर्ने वा प्रविष्ट गर्ने, सुनुवाइ र छानविन गर्ने पदाधिकारी उपर कारबाही गर्ने प्रणालीको विकासले यसको सफलता निर्धारण गर्ने भएकोले ती विषयलाई मस्यौदामा समेटिनुपर्छ । उक्त मस्यौदालाई थप व्यावहारिक बनाउन देहायबमोजिमको सुधारको आवश्यकता देखिन्छ । गुनासो दर्ता गर्ने आधार सम्बन्धमा : प्रारम्भिक सूचीमा समावेश हुनुपर्ने घरपरिवार समावेश नभएको, समावेश नहुनुपर्ने घरपरिवार समावेश भएको र फरक सूचीमा वर्गीकरण भएको सम्बन्धमा गुनासो दर्ता गर्ने निवेदनको अनुसूची अलग अलग बनाउनुपर्छ । गुनासो सुनुवाइ प्रक्रिया सम्बन्धमा : मस्यौदामा प्रस्तावित उजुरी गर्ने समय १५ दिन कम भयो । पालिकाको भौगोलिक अवस्था, नागरिकको कार्यव्यस्तता समेतलाई दृष्टिगत गरी यसलाई १ महीना बनाउनु उपयुक्त हुनेछ । यसका लागि गरीब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका, २०७५ को दफा १३ रहेको समायावधिमा पनि संशोधन गर्नुपर्ने देखिन्छ । त्यसैगरी प्रश्नावली भर्दाको समय र स्थानीय तहमा मन्त्रालयले तयार गरेको प्रारम्भिक सूचीमाथि हुने सुनुवाइ गर्ने समयको बीचमा सम्पत्ति र आम्दानीमा भएको परिवर्तन र घरपरिवारमा हुने फेरबदल (नयाँ परिवार बन्नेसमेत) लाई कसरी सम्बोधन गर्ने स्पष्ट हुनुपर्ने देखिन्छ । छानविन समिति र स्थानीय तहले उजुरी छानविन गर्ने समय कम्तीमा १५–१५ दिन पाउनुपर्ने (अहिलेको मस्यौदामा ७ दिन मात्र छ) र फरक स्तरमा गरीबको वर्गीकरण (अतिगरीब, मध्यम गरीब, सामान्य गरीब) गर्नका लागि पनि सिफारिश गर्न सक्ने व्यवस्था थप गर्नुपर्ने देखिन्छ । पाँच पाँच वर्षमा गरीबको सूची अध्यावधिक गर्ने विषय पनि व्यावहारिक छैन । अनुसन्धानहरूले समाजमा घरपरिवारहरू गरीबीमा पर्ने र गरीबीबाट निस्कने क्रम निरन्तर भइरहने देखाएका छन् । त्यसैले गुनासो सुनुवाई र सूची अद्यावधिक गर्ने कार्य पनि निरन्तर हुनुपर्छ । ५ वर्षमा धेरै घरपरिवारको आर्थिक अवस्थामा राज्यबाट पाउने सुविधा वा अर्थतन्त्रमा आउने परिवर्तनले धेरै नै परिवर्तन भई गरीबीको पासोबाट बाहिर निस्किएको हुन सक्छन् । प्रतिकूल परिस्थितिमा धनीहरू पनि गरीब बनेका हुन सक्छन् । यसका लागि निर्देशिकाको दफा ३२ पनि संशोधन गरिनुपर्छ । त्यसैगरी स्थानीय तहमा गुनासो सुनुवाईलाई महŒव प्रदान गरी प्रभावकारी बनाउन यो काममा सहयोग गर्ने एक जना कर्मचारी अधिकृत तहको हुनुपर्छ । यसका लागि निर्देशिकाको दफा २२ (५) पनि संशोधन गरिनुपर्छ । साथै गरीब पहिचान गर्ने कार्य संघको हो भन्ने सन्देश जाने हिसाबले यही कामका लागि नयाँ कर्मचारी भर्ना गर्ने, संघले सुविधा वा थप सुविधा दिने प्रावधानको औचित्य के हो स्पष्ट हुनुपर्छ । स्थानीय तहकै कर्मचारीबाट यस्तो काम गराउन सकिएमा स्थानीय तहहरू जिम्मेवार हुने र कार्यक्रमले संस्थागत स्वरूप प्राप्त गर्नेछ । अर्को सुधार गर्नुपर्ने महत्त्वपूर्ण कार्य स्थानीय तहले गरेको छानविन र मन्त्रालयमा पठाएको सूचीमा चित्त नबुझ्ने व्यक्तिले मन्त्रालयमा पनि उजुरी दिन सक्ने व्यवस्था गरिनुपर्छ । यस्तो उजुरीमा सम्बन्धमा मन्त्रालयले सम्बद्ध स्थानीय तहसँग समन्वय गरी थप छानविन गर्न वा गराउन सक्ने प्रावधान थप गरिनु जरुरी छ । यस्तो व्यवस्थाले स्थानीय तहलाई छानविनमा थप वस्तुगत बन्नका लागि प्रोत्साहित गर्ने देखिन्छ । गुनासो सुनुवाइसम्बन्धी संरचनागत व्यवस्था सम्बन्धमा : दफा ४.२ को गुनासो सुनुवाइ समितिमा सम्बद्ध स्थानीय तहभित्र कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको एक जना स्वतन्त्र बुद्धिजीवी थप गर्ने (वडास्तरीय समितिमा जस्तै) व्यवस्था गरिनुपर्छ । त्यसैगरी आचरणअन्तर्गत गरीब घरपरिवार पहिचानमा हुनसक्ने राजनीतिलाई निरुत्साहित गर्ने कडा प्रावधान पनि राखिनुपर्छ । गलत सूचना दिने घरपरिवार, त्यसलाई सच्चाउन उजुरी नदिने व्यक्ति, उजुरीको यथार्थ छानविन नगर्ने पदाधिकारीलाई कडा कानूनी कारबाही गर्ने व्यवस्था गरिनुपर्ने समेत जरुरी देखिन्छ । साथै, गरीब घरपरिवारले स्वघोषणा गर्ने प्रावधान कतै नभएकाले सो प्रावधानसमेत समावेश हुनुपर्ने छ । यसका लागि निर्देशिकामा पनि संशोधन गर्नुपर्ने हुन सक्छ । अन्त्यमा, गरीब तथा विपन्न वर्गको विश्वसनीय र भरपर्दो तथ्याङ्क नहुँदा राज्यका तर्पmबाट राहत तथा सहुलियतका ठोस र लक्षित कार्यक्रम सञ्चालन गर्न नसकिएको र त्यस्तो वर्गलाई लाभ पुग्ने भनी सञ्चालन गरिएका कार्यक्रमहरू पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन नसकेको अवस्थामा विगत १ दशकदेखि मन्त्रालयबाट गरिएको यससम्बन्धी प्रयासको दीर्घकालीन महत्त्व छ । यसलाई तार्किक निष्कर्षमा पर्याउन स्थानीय तहमा गरिने सुनुवाइलाई थप प्रभावकारी बनाउनु आवश्यक छ । गरीब पहिचान गर्दा गरीबीको कारण समेत पहिचान गरिनु जरुरी छ । गरीब घरपरिवार परिचान गरी परिचयपत्र प्रदान गर्ने कार्य अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण भएकोले प्रश्नावली निर्माण, सर्वेक्षण, उजुरी दर्ता, गुनासो सुनुवाइ र सूची अद्यावधिक गर्ने कार्य व्यावसायिक जनशक्तिमार्पmत निरन्तर गरिनुपर्छ । यसका लागि नैतिकता भएको समाज विकास गर्नुका साथै स्थानीय तहले इमानदारीसहितको जिम्मेवारी लिनुपर्छ । मन्त्रालयले विकास गरेको केन्द्रीकृत घरपरिवार सूचना प्रणाली लाई थप विश्वसनीय, भरपर्दो र रियल–टाइम बनाई कार्यान्वयनमा ल्याउनुपर्छ । लेखक गरीबी र सामाजिक संरक्षणका विज्ञ हुन् ।

सम्बन्धित सामग्री

६ लाखभन्दा धेरै परिवारलाई गरिब परिचयपत्र वितरण

काठमाण्डौ – सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो । सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका रूपमा वर्गीकरण गरेर पहिचान गरेको छ । वार्षिक प्रतिव्यक्ति २२ हजार ९ सय १९ रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ । तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन ग...

गरिब घरपरिवारलाई परिचयपत्र वितरण

काठमाडौं, १९ असार । सरकारले ६ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो। सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका […]

बारागढी गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी अन्तरक्रिया

काठमाडाैं । बाराकाे बारागढी गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएकाे छ । गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत गुनासाे सुनवाइ सम्बन्धी सरोकारवालाहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएकाे पालिकाकाे प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रले बताउनु भयाे। पालिका अध्यक्ष अशाेक कुमार जयसवालले अन्तरक्रियामार्फत पालिका उपाध्यक्ष लक्ष्मी देवी […]

सिरिजङ्गाले सुरु गर्‍यो गरिब परिवार परिचयपत्र वितरण

ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको छ। अति गरिब,मध्यम गरिब र सामान्य गरिब गरी तीन तहको गरिब परिचयपत्र वितरण गर्न थालेको हो।...

सिरिजङ्गाले सुरु गर्‍यो गरिब परिवार परिचयपत्र वितरण

ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको छ। अति गरिब,मध्यम गरिब र सामान्य गरिब गरी तीन तहको गरिब परिचयपत्र वितरण गर्न थालेको हो।...

गरिब परिचयपत्र वितरण गरी सुविधा दिइनेछ : राष्ट्रपति भण्डारी

काठमाडौँ । सरकारले गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी त्यसैका आधारमा सुविधा दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पहिचान गरिएका गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी परिचयपत्रका आधारमा सुविधा दिइने बताइन् । त्यस्तै, हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई […]

पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण

पर्वत, १९ फागुन । पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरु भएको हो । गरिबीको रेखामुनि परेका परिवारहको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन् । अहिले जिल्लाका सातवटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरिएको […]

बागमती प्रदेशमा कृषक परिचयपत्र वितरण अलपत्र

बागमती प्रदेशमा कृषि पेशामा आवद्ध नागरिकहरुलाई कृषक परिचयपत्र वितरण हुन सकेको छैन ।  विगतदेखि नै निरन्तर कृषि पेशामा आवद्ध प्रदेशका नागरिकहरुको पहिचान र विकासका लागि भन्दै चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटमा नै लागि उक्त परिचयपत्र वितरण कार्यक्रम समावेश गरिएको थियो ।प्रदेशका १३ जिल्लाका कृषि पेशामा सक्रिय कृषकहरुलाई लक्षित गरी बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएको उक्त कार्यक्रम हालसम्म पनि कार्यान्वयनमा आउन नसकेको हो ।परिचय पत्र वितरणका लागि बागमती प्रदेश सरकारल

गोरखामा द्वन्द्वपीडित परिचयपत्र वितरण सुरु

सशस्त्र युद्धमा पीडित गोरखाका नागरिकलाई द्वन्द्वपीडित परिचयपत्र वितरण सुरु भएको छ । संक्रमणकालीन न्यायका लागि २०७१ सालमा स्थापना भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले ६ वर्षपछि पीडित पहिचान गरी परिचयपत्र वितरण सुरु गरेको हो । आयोगका अध्यक्ष गणेशदत्त भट्ट सहितको टोलीले शुक्रबार जिल्ला सदरमुकाममा २ जनालाई पीडित परिचयपत्र वितरण गरेको हो । आयोगमा जिल्लाबाट १ […]

मल्लरानीका गाउँगाउँमा अपाङ्गता परिचयपत्र वितरण

जुमान सिंह केसी, प्युठान । मल्लरानीका गाउँगाउँमा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । मल्लरानी गाउँपालिका प्युठानले स्थानीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिको निर्णय अनुसार वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर सम्पन्न भएको छ । गाउँ पालिकामा अपाङ्गता परिचयपत्रको लागि आउँदा अपाङ्गता भएका व्यक्तिलाई अप्ठ्यारो र खर्चिलो हुने भएकोले स्थानीय स्तरमा सहज तरिकाले सेवा दिएको गाउँपालिका उपाध्याय सरिता जिसिले बताउनु भयो । अपाङ्गता परिचयपत्र वितरण कार्यविधि २०७५ अनुसार चार भागमा वर्गीकरण गरिएको र सोही अनुसार ब्यक्तिको अवस्था तथा गम्भीरताको पहिचान गरि परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनु भयो । २०७७ साल पौष १९ गतेदेखि २५ गते एक हप्तासम्म शिविर संचालन गरिएको हो । अपाङ्गताको अबस्था अनुसार पूर्ण अशक्त, अति अशक्त, मध्यम र सामन्य अपाङ्गता गरि चार भागमा वर्गीकरण गरिएको छ । शिविरमा वाडा कार्यालयमा मात्रै नभई विभिन्न टोलमा पुगि सेवा दिएको र कतिपय त्यहाँसम्म आउनै नसक्ने अशक्त अपाङ्गता भएका ब्यक्तिको घरमा पुगि सेवा प्रदान गरिएको महिला बालबालिका शखाका रेवती न्यौपानेले बताउनु भयो । उक्त शिविर बाट क वर्गका ५, ख वर्गका २८, ग वर्गका ३३ घ वर्गका १८ गरि जम्मा ८८ जनालाई वितरण गरिएको हो । जसमा महिला ३५ पुरुष ४९ रहेका छन् । एक हप्तासम्म गाउँमा संचालित शिविरमा गाउँपालिका उपाध्यक्ष सरिता जिसि, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह केसी, प्राथमिक स्वास्थ केन्द्रका डा. विक्रम थापा, महिला बालबालिका शाखाका रेवती न्यौपाने र वडा स्तरका जनप्रतिनिधि कर्मचारीको उपस्थितिमा शिविर संचालन भएको हो ।