साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलको पहिलो हाफमा नेपालले दुई गाेल खाएको छ । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको हो। दुई गोल खाएपछि नेपाल निकै दवावमा देखिएको छ। सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पकट भने नेपाललाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल यो पटक बंगलादेशलाई हराएर ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा भएपनि पहिलो हाफमै दुई गोल खाएपछि दवावमा परेको हो । दशरथ रंगशालामा भएको नेपाल र बंगलादेश बीचको खेल तस्बिरमा हेर्नुहोस्ः