कांग्रेस झापाको सचिवमा निर्वाचित पत्रकार हुमागाईंले त्यागे सक्रिय पत्रकारिता

झापा– नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य कृष्ण हुमागाईले आफू सक्रिय पत्रकारितामा नरहने घोषणा गरेका छन्। नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापतिसमेत रहेका हुमागाईंले आफू अब सक्रिय पत्रकारितामा नरहने तर सञ्चार उद्यमीका रुपमा समाजमा स्थापित हुने घोषणा गरे। नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भएपछि पत्रकार हुमागाईंले सक्रिय पत्रकारिता छाड्ने घोषणा गरेका […]

सम्बन्धित सामग्री

जानकी गाउँपालिकामा रेशम चौधरीको पार्टीको जित, पत्रकार बने अध्यक्ष

कैलाली । लामो समय सक्रिय पत्रकारितामा रहेका गणेश चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । कैलालीको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी सात हजार १५१ मत ल्याई विजयी भएका हुन् । उनी विगत २४ वर्षदेखि पत्रकारिता थिए । चौधरीले कांग्रेस–माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतोलाई एक हजार ९०९ मतान्तरले पछि पार्दै जितेका हुन् […]

पत्रकार अजयबाबु शिवाकोटी पनि बने कांग्रेस केन्द्रीय सदस्य

काठमाडौँ- पत्रकार अजयबाबु शिवाकोटी पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले ३५ जनाको खुला केन्द्रीय सदस्यतर्फ विजय हासिल गरेका हुन्। प्रेस युनियनमा महासचिव रहेका शिवाकोटीले पत्रकारिता त्यागेर राजनीतिमा उत्रने घोषणा गरेका थिए। शिवाकोटीले हाम्राकुरा डट कम चलाउँदै आएका थिए।

पत्रकार अजयबाबुले गरे कांग्रेस केन्द्रीय सदस्यमा लड्ने घोषणा

काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । नेपाल प्रेस युनियनको महासचिव समेत रहेका पत्रकार शिवाकोटीले सक्रिय पत्रकारिता जीवनलाई विश्राम दिदैं पार्टी राजनीतिलाई अगाडि बढाउन चाहेको बताएका छन् । हाम्रा कुरा डटकमको संस्थापक प्रधान सम्पादक रहेका शिवाकोटी दोलखाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । २ दशकभन्दा […]