मकवानपुर – वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपचुनावको मतदान कार्य सकिएको छ । दिउँसो ३ बजे मतदान शान्तिपूर्ण रुपमा सकिएको निर्वाचन आयोगले जनाएको छ ।
उपचुनावमा प्रदेश सभा सदस्य एक सय १० र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख दुई सय ३८ गरी जम्मा तीन सय ४८ जना मतदाता रहेका थिए । प्रदेश सभा समस्यतर्फ एक सय पाँच जना र पालिकातर्फ दुई सय ३३ जना गरी जम्मा तीन सय ३८ जनाले मतदान गरेका छन् । प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका सदस्यतर्फको मतभार १८ रहेको छ ।
मतगणना अहिले सा...