आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर शाक्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । विहीबार उनले आफ्नो कार्यकालको अन्तिम बजेट ल्याउँदैछन् । रेल नचढी शाक्यको पाँचवर्षे कार्यकाल सकिने भएको छ । काठमाडौं महानगरपालिका आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारीमा छ । स्थानीय सरकारले वार्षिक बजेट असार १० गते भित्रै ल्याइसक्नुपर्ने बाध्यताअनुसार संवैधानिक प्रा