सत्तारुढ पाँच विद्यार्थी संगठनले देशका सबै परीक्षा केन्द्र तथा तोकिएको स्थानहरुमा सबै विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका छन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सोमबार ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले देशभरका विद्यार्थीहरुलाई खोप नलगाइएको तथा स्वास्थ्य सुरक्षा अपनाउन नसकेका कारण कोरोना संक्रमण जोखिम रहेको उल्लेख गरेका छन् । जसका कारण विद्यार्थीहरुलाई मानसिक तनावका साथै परीक्षा हलमा असहज महसुश भएकाले खोपको व्यवस्था गर्न माग गरिएको छ । ज्ञा