काठमाण्डाै – सरकारले दशैँलगायत मुख्य चाडपर्वको बेला हुने कालोबजारी र ठगी राेक्न गर्न जिल्ला प्रशासन कार्यालयसहित उपभोक्तासँग सरोकार राख्ने नौ वटा विभागका अधिकारी सम्मिलत कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने भएको छ ।
चाडपर्वमा हुने कालोबजारी र मनलाग्दी मूल्यवृद्धि रोक्न असोजको १ गतेदेखि कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने तयारी गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो । बजार अनुगमनमा जाने विशेष टोलीमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य...