अफगानिस्तान : तालिबानीले तेस्रो प्रान्तीय राजधानी कब्जा गरेको दाबी

अफगानिस्तानमा विद्रोह गरिरहेको तालिबान लडाकूहरूको समूहले अफगानिस्तानमा अर्को एक प्रान्तीय राजधानी पनि कब्जा गरिएको दाबी गरेको छ।उनीहरूले अफगानिस्तानमा तेस्रो प्रान्तीय राजधानी कब्जा गरेका बताएका हुन्‌। तर, सो क्षेत्रमा तालिबानी र अफगान सेनाबीच भीषण भिडन्त भने जारी नै रहेको छ।पछिल्लो तीन दिनमा तीन प्रान्तीय राजधानी आफूहरूले कब्जामा लिएको लडाकूहरूले आइतबार दाबी गरेका छन्।  लडाकूहरूले देशको कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन्। सरकारी सुरक्षाकर्मीहरूसँगको लडाइँ अहिल

सम्बन्धित सामग्री

तालिबानद्वारा राष्ट्रपति निवास कब्जा , युद्ध अन्त्य भएको दाबी

राजधानी काबुलमाथि नियन्त्रणसँगै तालिबानले अफगानिस्तान जितेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त एवम् २० वर्षसम्म अमेरिका नेतृत्वको सैन्य गठबन्धनको सहयोगमा टिकेको सरकार झुकेपछि तालिबानले काबुल समेत नियन्त्रणमा लिएको हो । तालिबानका एक जना प्रवक्ताले अलजजिरासँगको कुराकानीमा युद्ध अन्त्य भएको बताएको छ । काबुलमा सूर्योदय भएसँगै चारैतिर तालिबानको सेतो झण्डा फहराएको देखिएको छ । ‘काबुल अराजकतामा गएको छ, स्थानीयबासी र विदेशी नागरिक काबुलबाहिर निस्किन खोजेका छन् ।’– बीबीसीले उल्लेख गरेको छ । एक जना स्थानीय प्रत्यक्षदर्शीका अनुसार काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीले आ आफ्नो कार्यकक्ष छोड्का छन्, अन्य सयौं ब्यक्ति विमानतर्फ दौडिरहेका देखिन्छन् ।

अफगानिस्तान युद्ध : काबुल कब्जासँगै तालिबानद्वारा विजय भएको दाबी

काठमाडौँ । तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेसँगै युद्ध जितेको दाबी गरेको छ । लामो समयको सङ्घर्षपछि सत्ता कब्जा गर्न तालिबान समूह सफल भएको हो । २० वर्षदेखि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता भएसँगै तालिबान समूहले अफगानिस्तानको सत्ता प्राप्त गरेको छ । अफगानिस्तानका मुख्य सहरहरू कब्जा गर्दै बाँकी रहेको राजधानी काबुल आइतबार आफ्नो कब्जामा लिन […]