नेपालमा कोरोना भाइरसबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या सोमबार साँझसम्ममा ३३ पुगेको छ । कोशी अस्पतालमा उपचाररत झापा र भोजपुरका २ जना पुरुष सोमबार डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार हालसम्म १२१ जनामा कोरोना भाइरस रोगको संक्रमण देखिएको छ, जसमा ८९ जना पुरुष र ३२ जना महिला रहेका छन् ।