कांग्रेसले अन्य दलहरुसँग पनि छलफल गरी सभामुखमा उम्मेदवारी दिन्छः प्रवक्ता महत

काठमाडौं। नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे अन्य दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ। धुम्बाराहीमा बुधबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सभामुखमा उम्मेदवारीबारे अरू दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको हो।आजै दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो १ बजेअघि नै अरू दलसँग छलफल गरी आवश्यक निर्णय लिइने प्रवक्ता प्रकाशशरण महतले बताए।

सम्बन्धित सामग्री

विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री महत मोरक्को प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को जानु भएको छ । विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने बैंठकमा भाग लिन अर्थमन्त्री महत त्यस तर्फ जानु भएको हो । ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट भन्ने नारा सहित आजबाट सुरु हुने […]

अर्थमन्त्री महत र भारतीय समकक्षी सीतारमणबीच गुजरातमा भेटवार्ता

भारतको गुजरातमा भइरहेको जी–२० अर्थमन्त्रीहरूको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय समकक्षी निर्मला सीतारमणबीच द्विपक्षीय साइडलाइन बैठक सम्पन्न भएकाे छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।  भेटमा नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै देशका अर्थमन्त्रीले जोड दिनुभयो । अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणमका क्रममा सम्पन्न बिजुली निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आउँदाे १० वर्षमा १० हजार मेगावाट बिजुल...

अर्थमन्त्री महत र आन्दोलनरत लगानीकर्ताबीच छलफल, बजेटमा व्यवस्था भएको कर नलाग्ने

काठमाडौं ।   अर्थमन्त्री डा .प्रकाशशरण महत र आन्दोलनरत लगानीकर्ताबीच बजेटमा व्यवस्था भएको कर नलाग्ने विषयमा छलफल भएको छ । अर्थसचिव अर्जुन पोखरेलको नेतृत्वमा आइतबार मन्त्रालयमा लगानीकर्तासँग छलफल गरिएकाे हाे । उक्त छलफलमा बजेटमा व्यवस्था भएको कर नलाग्ने  विषयमा छलफल भएको अर्थमन्त्री महतले जानकारी दिए । उनले लगानीकर्ताको मागमा समर्थन जनाउँदै पुँजीगत लाभकर नै अन्तिम भएको […]

पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री डा महत

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महत र विश्व बैंक दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको थियो।आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ। विश्व भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ, यसलाई अझ कसरी वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो।विशेष ग

अर्थमन्त्री डा. महत र गभर्नर अधिकारीबीच अर्थमन्त्रालयमा छलफल [तस्वीर]

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारीबीच अर्थमन्त्रालयमा छलफल भएको छ । अर्थतन्त्रको पछिल्लो अवस्था लगायतका विविध विषयमा गभर्नरसँग छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

चुनावपछि गठन हुने सरकारको नेतृत्वबारे छलफल भएको छैन : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चुनावपछि गठन हुने सरकारको नेतृत्वबारे गठबन्धनमा छलफल नभएको बताएका छन्। धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनको ध्यान अहिले चुनावमा केन्द्रीत रहेको बताए।  ‘सरकारको बारेमा कुनै...

कांग्रेस सहमहामन्त्री महत र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँदिल्लीमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । शनिवार बिहान भएको भेटमा सीमा मुद्दा, खोप र रासायनिक मल आपूर्तिबारे छलफल भएको महतले ट्विटरमार्फत जनाएका छन् । कांग्रेस पार्टीबाट प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महत नयाँदिल्ली गएका छन् । भेटवार्तामा महाकाली नदीमा नेपाली बेपत्ता भएको घटना र अन्य पारस्परिक हितका मुद्दामा पनि छलफल गरेको महतले जनाएका छन् ।   Extensive meeting with J Shiva Shanker external affairs minister of India. Discuss...

नेपाली कांग्रेसको टोलीद्वारा भाजपाका नेतासँग छलफल

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेताहरूसँग छलफल गरेको छ ।  भाजपाको केन्द्रीय कार्यालयमा भएको छलफलमा दुई पार्टीबीचको विविध क्रियाकलापका बारेमा छलफल भएको थियो ।  छलफलमा भाजपाका महासचिव अरुण सिंह, प्रवक्ता डा. सुधांशु त्रिबेदी, भाजपाका विदेश विभाग इन्चार्ज डा। विजय चौथाइवाले, महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष बनथी श्रीनिवासनलगायतको उपस्थिति थियो ।  कांग्रेसको टोलीले यसअघि बिहीवार भाजपा अध्यक्ष जगत प्रकाश (जेपी) नाड्डास...

कोइराला निवासमा रामचन्द्र पौडेलसहितका नेताहरुबीच छलफल

महाराजगन्जस्थित काँग्रेस महामन्त्री डा.शशांक कोइराला निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुबीच छलफल सुरु भएको छ । सोमबार अपरान्ह कोइराला निवासमा छलफल सुरु भएको हो ।छलफलमा नेता पौडेलसहित डा.कोइराला, प्रकाशमान सिह,अर्जुननरसिंह केसि,डा.रामशरण महत, प्रदिप पौडेल लगायतका नेताहरुको सहभागिता रहेको छ । छलफल आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका विषयमा केन्द्रीत भएको बताइएको छ ।

वैकल्पिक सरकारका लागि छलफल भइरहेको छ : महत

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणको पहल गरेको हो । यसका लागि दलहरुसंग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको सहमहामन्त्री डा. प्रकाश शरण […]