आफूले प्रयोग गर्ने गाडी कोरोना र दैवी प्रकोपमा प्रयोग गर्ने प्रमुख प्रशासकीय अधिकृतको घोषणा

काठमाडौँ । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले आफूले प्रयोग गर्दै आएको गाडी कोरोना अवधि भर नचढ्ने घोषणा गरेका छन् । नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएपछि देशव्यापीरुपमा अक्सिजन र एम्बुलेन्सको अभाव खड्किँदै जाँदा प्रमुख प्रशासकीय अधिकृत आफूले प्रयोग गर्दै आएको बा २ झ १२५९को गाडी कोरोना र दैविप्रकोप मा प्रयोग गर्ने गरी हस्तान्तरण गरेका […]

सम्बन्धित सामग्री

रघुगंगा गाउँपालिका अध्यक्षले निजी गाडीलाई बनाए एम्बुलेन्स

म्याग्दी । कोरोना संक्रमितलाई सेवा दिन म्याग्दीका एक जना जनप्रतिनिधिले आफ्नो निजी गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न गाउँपालिकालाई उपलब्ध गराएका छन् । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई निःशुल्क प्रदान गरेका हुन् । पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितलाई सहज रूपमा अस्पताल पुर्‍याउन भण्डारीले निजी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । ९ सिट क्षमताको स्कार्पियो जिपको चाबी मंगलबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई अध्यक्ष भण्डारले हस्तान्तरण गरे । समुदाय स्तरमै कोरोना संक्रमणको जोखिम बढेको र जुनसुकै समय संक्रमितलाई अस्पताल पुर्‍याउनुपर्ने भएकाले महामारी रहेसम्म गाउँपालिकालाई निःशुल्क रूपमा प्रयोग गर्ने गरी गाडी हस्तान्तरण गरेको अध्यक्ष भण्डारीले बताए । अध्यक्षले उपलब्ध गराएको गाडीलाई एम्बुलेन्सका रूपमा पालिकामा २४ सै घन्टा तयारी अवस्थामा राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । गाडीमा स्वास्थ्य उपकरण जडान गरी चालकको व्यवस्था गरेर परिचालन गरिनेछ । अध्यक्ष भण्डारीले यसअघि पनि आफ्नो निजी खर्चमा गाउँपालिकामा विकास निर्माणका काम गरेका छन् । उनले निर्वाचित भएर आएपछिको करिब ४ वर्षको अवधिमा गाउँपालिकामा ५० लाखभन्दा बढीको निजी खर्चमा मोटर बाटो, मन्दिर, विद्यालयलगायत पूर्वाधार निर्माण गरेको स्थानीय बताउँछन् ।

संक्रमित बोक्न नगरप्रमुखले दिए दुई निजी गाडी

नगरपालिकाभित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि प्रमुख श्रेष्ठले आफ्ना निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन्। बिहीबार उनले एक चालकको खर्चसमेत आफ्नो व्यक्तिगत गर्ने गरी प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई गाडीको चाबी हस्तान्तरण गराएका छन्।

मनकारी जनप्रतिनिधि : एक्बुलेन्सका लागि निःशुल्क निजी सवारी

वैशाख २९, म्याग्दी  । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणका विरामीहरुलाई सेवा दिनका लागि म्याग्दीका एक जना जनप्रतिनिधिले आफ्नो निजी सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न गाउँपालिकालाई दिएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई निःशुल्करुपमा प्रदान गरेका हुन् । पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितहरुलाई सहज तरिकाले अस्पतालसम्म पु¥याउन उनले आफ्नो निजी सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनले नौ सिट क्षमताको स्कारपिओ जिपको साँचो मंगलवार पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई हस्तान्तरण गरेका हुन् । समुदायस्तरमा कोरोनाको जोखिम बढेको र जुनसुकै समयमा पनि संक्रमितलाई अस्पताल सम्म पुर्‍याउनुपर्ने भएकाले कोरोना महामारी रहेसम्म आफूले गाउँपालिकालाई नि : शुल्क रुपमा प्रयोग गर्ने गरी सवारी हस्तान्तरण गरेको अध्यक्ष भण्डारीले बताए । उक्त सवारीलाई एम्बुलेन्सका रुपमा पालिकामा २४सै घण्टा तयारी अवस्थामा राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उक्त सवारीमा स्वास्थ्य उपकरणहरु जडान गरी चालकको व्यवस्था गरेर परिचालन गरिने उनको भनाइ थियो । स्मरणीय छ, अध्यक्ष भण्डारीले यसअघि पनि आफ्नो निजी खर्चमा गाउँपालिकामा विकास निर्माणका अनय कामहरु पनि गरेका छन् । उनले आफू निर्वाचित भएर आएपछिको करीब चार वर्षको अवधिमा गाउँपालिकामा ५० लाख रुपैयाँभन्दा बढीको निजी खर्चमा मोटरबाटो, मन्दिर,विद्यालय लगायतका विकासका पूर्वाधारहरु निर्माण गरेका स्थानीय वासिन्दाको  भनाइ छ ।

रत्ननगर नगरपालिकाका प्रमुख र उपप्रमुख चढ्ने गाडी सङ्क्रमित बोक्न प्रयोग

पूर्वी चितवनको रत्ननगर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लान र ल्याउन प्रयोग गरिने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीले प्रयोग गर्दै अएका गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो ।सङ्क्रमितलाई अस्पताल लैजान एम्बुलेन्सलगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि प्रमुख वनले आफू चढ्दै आएकोसह